११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

प्रचण्डले आरोप फिर्ता नलिँदा नेकपा फुट्योः वामदेव गौतम

प्रचण्डले आरोप फिर्ता नलिँदा नेकपा फुट्योः वामदेव गौतम
अ अ+ अ-

काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालका कारण नेकपा विभाजन भएको आरोप लगाउनुभएको छ ।

शनिवार नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा बोल्दै सदस्य गौतमले अध्यक्ष दाहालले तत्कालीन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अविश्वासको प्रश्ताव ल्याएपछि फलस्वरुप ओलीले अविश्वास प्रश्ताव प्रश्तुत गर्ने स्थान नै ध्वस्त पारेको बताउनुभएको हो । उहाँले एउटा अध्यक्ष प्रधानमन्त्रीको बिरुद्धमा अविश्वासको प्रश्ताव, त्यसको जवाफमा प्रधानमन्त्रीले संसद नै विघटन गर्नु कुनै हिसावमा उचित नभएको बताउनु भयो । उहाँले पहिलो चरणमा अध्यक्ष दाहालको दोषका कारण नेकपा विभाजित भएकोप्रति लक्षित गर्दै फलस्वरुप ओलीले संसद बन्द गरेको बताउनु भयो ।

सदस्य गौतमले कम्युनिष्ट एकताकै लागि आफू कुनै समूहमा नलागेको पनि बताउनु भयो । उहाँले वामदेवका कारण पार्टी विभाजित भयो भन्ने कुरा केही हदसम्म सत्य रहेकोले आत्मलोचना गरेको बताउनु भयो । उहाँले त्यो बेला अध्यक्ष दाहालको समूहमा नगइ बीचमा बसेर मध्यस्थता गर्न सकेको खण्डमा कुनै हालतमा पार्टी विभाजन नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एउटा अध्यक्ष प्रधानमन्त्रीको बिरुद्धमा अविश्वासको प्रश्ताव, त्यसको जवाफमा प्रधानमन्त्रीले संसद नै विघटन गरेर निर्वाचनमा जान्छु भन्ने अर्को घटना, यी दुई वटै घटनामा हामी सहमत हुन सकेनौँ । मेरो विचारमा कोही पनि सहमत हुन नपर्ने हो, तर एकथरी कमरेडहरु विभाजित भएर लाग्नुभयो । मलाई मन परेन । मलाई केपी ओलीजी र प्रचण्डजी दुवैले आफ्नो समूहमा बोलाउनु भयो । म आउँदिन भने । तर एकताको पक्षमा लाग्छु भने । म कतै जान सकिन । म कुनै पक्षमा जाने औचित्य थिएन । किनभने संसारभर नभएको आफ्नै पार्टी अध्यक्षकोबिरुद्ध अविश्वासको प्रश्ताव राख्ने, त्यसको जवाफ अविश्वासको प्रश्ताव राख्ने संस्था नै ध्वस्त गर्ने, यस्तो किसिमको काम मान्य हुन सक्दैन थियो ।

धेरैजसोले वामदेवकै कारणले पार्टी विभाजन भयो भने । मैलेपनि गल्ती गरेकै हो । मैले यदी पार्टीभित्र उत्पन्न भएको समूह यो वा त्योमा नलागिकन बीचमा बसेर त्यहाँभित्र प्रयत्न गरेको भए पार्टी फुट्ने थिएन । म मात्रै होइन, पार्टी फुटबाट बचाउन सचिवालयका ९ जना सदस्यहरु उत्तिकै जिम्मेवार हुनुहुन्छ । माधव, झलनाथ, केपी ओलीले नै गर्न सक्नुहुन्थ्यो, ईश्वर, विष्णु पौडेल, नारायणकाजीले गर्न सक्नुहुन्थ्यो । जब अविश्वासको प्रश्ताव राख्ने गरी साथीहरु आए, म प्रचण्डजीको समूहमा थिएँ, उहाँहरुले अविश्वासको प्रश्ताव राख्ने गरेर गएपछि म त्यो समूहबाट पनि निस्किएँ ।’

राष्ट्रिय सभा सदस्य गौतमले तत्कालीन अध्यक्ष दाहालले ओलीप्रति लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको तर्क गर्नुभयो । उहाँले ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये प्रधानमन्त्री पद छोड्न तयार भइसकेको अवस्थामा पनि प्रचण्डले ओलीमाथि लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको बताउनु भयो । उहाँले अन्तिम बैठकमा अध्यक्ष दाहालले आफूलाई नै सबै दोष दिएपछि आफू मौज बसेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२०७७ साल पुस ४ गते कमरेड प्रचण्ड र केपी ओलीको बीचमा वार्ता भइरहेको बेला मलाई पनि बोलाउनुभएको थियो । त्यहाँ कमरेड केपी ओलीले पार्टी एकताको निम्ति म के त्याग गर्नुपर्छ म तयार छु भन्नुभएको थियो । उहाँले मेरोबिरुद्ध पार्टीभित्र जेजस्तो विचार राख्नुभएको छ, त्यसमा केपी ओलीले दुईमध्ये एउटा पद छोड्नुपर्छ भन्नुभएको हो, म प्रधानमन्त्री छोड्न तयार छु तर मैले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउनु पर्छ भन्नुभएको थियो । साथै ममाथि लगाइएका संघीन आरोप फिर्ता लिनुपर्छ भन्नुभएको थियो । प्रधानमन्त्री फेर्ने कुरामा सहमत नै हुनुहुन्थ्यो प्रचण्ड तर आरोप फिर्ता नलिने अडान गर्नुभयो । मैले मान्नुस्, फिर्ता लिनुस् भने तर मान्नुभएन । केपीकै अगाडि प्रचण्डले मलाई यो सबै सिर्जना गर्ने तपाई हो, मेरो त नाम मात्रै राखेको हो, तपाईको राख्नुपर्ने हो भन्नुभयो म चुप लागेँ ।’

राष्ट्रिय सभा सदस्य गोतमले नेपाली काँग्रेस पार्टी दलाल, नोकरशाही, पुँजीपति वर्गको पार्टी नभएको पछिल्ला घटनाक्रमले देखाएको बताउनु भयो । उहाँले काँग्रेस पुँजीवादी, सुधारवादी पार्टी हो भन्ने प्रमाणित भइसकेको तर काँग्रेसलाई सरकारको नेतृत्व दिँदा एमसीसीजस्ता सबैकुरा भित्रिने आरोप लगाउनु भयो । उहाँले एमसीसीलाई संसदबाट अनुमोदन गर्नपनि प्रधानमन्त्री शेरबहादुर देउवाले बाध्य पारेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काँग्रेस र कम्युनिष्ट मिल्दा नयाँ युग ल्यान सकेका छौँ । तर काँग्रेसले मात्रै गरेका आन्दोलन सफल भएका छैनन् र कम्युनिष्टले मात्रै गरेका आन्दोलन पनि सफल भएका छैनन् । यसबाट के पुष्टि हुन्छ भने नेपाली काँग्रेस पार्टी दलाल, नोकरशाही, पुँजीपति वर्गको पार्टी होइन । पुँजीवादी, सुधारवादी पार्टी हो भन्ने प्रमाणित हुन्छ । तर नेपाली काँग्रेसलाई नै नेतृत्व सुम्पिने हो भने एमसीसीजस्ता जति आउनुपर्ने हो आउँछन् । एमसीसीलाई संसदबाट अनुमोदन गर्नपनि प्रधानमन्त्री शेरबहादुर देउवाले बाध्य गर्नुभयो ।’

राष्ट्रिय सभा सदस्य गौतमले स्थानीय निर्वाचनको नतिजालाई हेर्दा नेपाली काँग्रेस आउँदो निर्वाचनमा पनि पहिलो पार्टी बन्ने देखिएको बताउनु भयो । काँग्रेसलाई नेतृत्व सुम्पिँदा एमसीसीजस्ता कुराले सथान पाउने भन्दै कम्युनिष्टहरु मिलेर काँग्रेसलाई सँगै लैजानुपर्ने तर काँग्रेसको नेतृत्वमा सरकार बन्न दिनु नहुने बताउनु भयो । उहाँले काँग्रेसको नेतृत्वमा देश विकास हुन नसक्ने पनि दाबी गर्नुभयो ।