२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोलेन्द्रविरुद्धको महाभियोग अलपत्र



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधि सभामा सूचना पेस भएको पनि तीन महिनाभन्दा बढी भइसकेको छ ।

महाभियोग सिफारिस समिति गठन भइसके पनि प्रस्तावको सैद्धान्तिक छलफल र समितिमा पठाउने प्रक्रिया प्रारम्भ नै भएको छैन ।

प्रस्तावक दलहरूले प्रस्ताव अघि बढाउन कुनै कार्यसूची पनि बनाएका छैनन् ।

प्रक्रिया अघि बढाउने मागलाई प्रतिपक्षी दलले औपचारिकता पूरा गरे पनि सशक्त रूपमा उठाउन सकेको छैन।

महाभियोगको संसदीय विशेषाधिकारले प्रधानन्यायाधीश जबराको कार्यसम्पादन चाहिँ रोकिएको छ। सत्ता गठबन्धनमा आबद्ध दलका ९८ सांसदको हस्ताक्षरमा २०७८ फागुन १ गते प्रस्तावको सूचना सचिवालयमा दिइएको थियो। फागुन २९ गते प्रतिनिधि सभामा पेस भएको थियो।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले कार्यव्यवस्था परामर्श समिति र संसद्को विशेष समयमा विषय उठान गरे पनि सभामुखले प्रक्रिया अघि बढाएका छैनन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बजेट छलफल सकिएपछि प्रक्रिया अघि बढाउने आश्वासन भने प्रमुख प्रतिपक्षलाई यसअघि दिएका थिए ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।