४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्ने – अर्थमन्त्री

डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्ने – अर्थमन्त्री
अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय नयाँ–नयाँ प्रविधिबाट भइरहने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार नेपाल चार्टड एकाउण्टेन्ट्स संघ (एक्यान) को ३७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले डिजिटल कारोबार बढ्दै जाँदा अर्थतन्त्रमा समस्या देखिएकाले डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्ने बताउनु भएको हो । उहाँले अडिटरहरु नै डिजिटल कारोबारको विज्ञ भएको पनि बताउनु भयो । मन्त्री शर्माले नेपालमा डिजिटल कारोबार क्रिप्टोकरेन्सी लगायत अन्य धेरै कारोबार भइरहेको बताउनु भयो । उहाँले डिजिटल रुपमा कारोबार हुने सबै कारोबारको अध्ययन गर्न आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री शर्माले भन्नुभयो,‘ अर्थतन्त्रमा समस्याहरु धेरै छन् । अहिले नयाँ नयाँ डिजिटल प्रविधिहरुबाट कारोबारहरु भइरहेका छन् । ती कारोबारको बारेमा अध्ययन गर्ने कसले हो । यहाँहरु नै विज्ञ हुनुहुन्छ । यहाँहरुले नै अध्ययन गर्नुपर्छ होला । अहिले युग नै डिजिटलमा जाँदैछ । क्रिप्टो लगायतका तमाम केके थुप्रै कारोबारहरु भइरहेका छन् । यी सबै कारोबारहरुको अध्ययन कसरी गर्ने,नेपालको अर्थतन्त्रमा कहाँ समस्या छ कसले अध्ययन गर्ने त ? परीक्षकहरुले नै यो संस्थालाई कमजोर छ भन्दै हिँड्ने हो भने कसरी यसको सवलिकरण हुन्छ । लेखा परीक्षकहरुले त्यतातिर ध्यान दिनुपर्छ ।’

मन्त्री शर्माले लेखा परीक्षणमा नै समस्या रहेकाले सरकारको ठूलो रकममा बेरुजु बढ्दै गएको बताउनु भयो । उहाँले लेखा परीक्षणमा समस्या हुँदा एकपछि अर्को बेरुजु थुप्रिँदै गएको दाबी गर्नुभयो । मन्त्री शर्माले विभिन्न निकायहरुले लेखा परीक्षण समयमा नै नगर्दा राज्यले बेरुजुको भार बोक्नुपरेको बताउनु भयो । उहाँले सरकारलाई वर्षैपिच्छे बेरुजु भार पर्दै जानुमा लेखा परीक्षणलाई तोकिएको विधि मान्यता र समयमा भुक्तानी गरेर अडिट गरी प्रमाणित नगर्नु नै प्रमुख कारण रहेको जिकिर गर्नुभयो ।

मन्त्री शर्माले भन्नुभयो,‘ लेखा परीक्षण कार्यालयहरुमा गएर सरकारले अडिटहरु गर्ने गरिन्छ । फेरि पनि अहिले सरकारको ठूलो ठूलो एकपछि अर्को बेरुजु थुप्रिँदै गइरहेको छ । हाम्रो एकाउण्टकै समस्या हो । त्यसलाई सही ढङ्गले समयमा निरुपण,अडिट र व्यवस्थापन नगर्दा समस्याहरु परको छ । अहिले राज्यले थुप्रै बेरुजु खेप्नुपरेको छ । यतै कतै कमजोरी छ । लेखा कमजोरीको कारणले त्यो भएको छ । लेखा परीक्षणलाई तोकिएको विधि मान्यता समयमा नै त्यसलाई भुक्तानी गरेर अडिट गरी प्रमाणित गर्ने व्यवस्थाका समस्या हुन् ।’

अर्थमन्त्री शर्माले आर्थिक सुशासन ,जवाफदेहिता र पारदर्शिता बनाउनु राष्ट्रिय चुनौतीको रुपमा रहेको बताउनु भयो । उहाँले आर्थिक सुशासन ,जवाफदेहिता र पारदर्शितालाई स्वार्थ अनकुल व्याख्या,परिभाषा गर्ने खालको प्रवृति हाबी हुँदै गएको बताउनु भयो । मन्त्री शर्माले मुलुकको अर्थतन्त्रमा कस्तो लाभ हुन्छ भन्ने आधारमा मूल्याङ्कन गर्नुको सट्टा व्यक्ति, समूह र गुटगत स्वार्थको आधारमा मूल्याङ्कन गरेर भ्रम सिर्जना गर्ने काम भइरहेको गुनासो गर्नुभयो । उहाँले नेपाल चार्टड एकाउण्टेन्ट्स धेरै संस्थादेखि सरकारको राजश्व तथा करसँग समेत जोडिएकाले पारदर्शिताका साथ काम गर्दा मुलुकलाई योगदान पुग्ने बताउनु भयो ।

मन्त्री शर्माले भन्नुभयो,‘ आर्थिक सुशासन र जवाफदेहिता कसरी निर्वाह गर्ने विषय नै अहिलेको मुख्य प्रश्न र राष्ट्रिय चुनौती हो । त्यस कारणले जवाफदेहिता र पारदर्शितालाई आफ्ना स्वार्थ, व्याख्या,परिभाषा गर्ने खालको प्रवृति हाबी हुँदै गएको छ । यो देशको हीतको लागि छ की छैन ? त्यसले मुलुकको अर्थतन्त्रमा के गर्छ ? भन्ने कुराहरुको आधारमा हामीले मूल्याङ्कन गर्नुको सट्टा त्यतातिर मूल्याङ्कन नगरेर व्यक्तिगत, समूहगत,गुटगत स्वार्थको आधारमा मूल्याङ्कन,विश्लेषण गरेर भ्रम सिर्जना गर्ने कामहरु भइरहेका छन् । यी समग्रको पक्ष भनेको पारदर्शिता र जवाफदेहिताकै प्रश्नहरु हुन् । यी सबैका लागि कार्यान्वयन हुने कुराहरु हुन् । यो संस्था पनि त्यतातिर ध्यान दिनुपर्छ । किनकी यो धेरै संस्थाहरुसँग जोडिएको छ । देशको राजश्व तथा करसँग जोडिएको छ । त्यसलाई पारदर्शिता बनाएर काम गर्दा देशमा योगदान पु¥याएको हुन्छ । त्यहाँ अन्य हिसावहरु पनि मिलन गर्नुहुन्छ होला भन्ने लाग्छ थाहा छैन ।’

त्यस्तै महालेखापरीक्षक टंकमणि शर्मा दंगालले अनलाइन प्रविधिबाट अडिटमा समस्या रहेको बताउनु भयो । उहाँले यो वर्षदेखि सरकारका सबै अडिटहरु अनलाइन प्रणालीबाट नै गरिएकाले कर्मचारीमा नयाँ प्रविधिको ज्ञान अभावको कारण समस्या देखिएको बताउनु भयो । उहाँले अनलाइन प्रणालीबाट लेखा परीक्षणको काम गर्दा सजिलो र छिटो हुने तर कर्मचारीहरु सबैमा प्रविधिको जानकारी नहुँदा ठूलो समस्या हुने बताउनु भयो । महालेखापरीक्षक शर्माले अब नयाँ प्रविधिको ज्ञान सीप सबै लेखा परीक्षकहरुले लिएर क्षमता अभिवृद्धि गर्न आवश्वयक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले भर्चुअल तथा अनलाइन प्रविधिबाट अडिट गर्नुप¥यो भने समस्या रहेको छ । त्यसमा लेखा परीक्षकहरु कन्सलट्रेड नै हुनुपर्छ । हामीले यो वर्षदेखि अडिटको समग्र सिस्टम नै अनालाइनबाट गर्ने थालेका छौं । सरकारको जतिपनि अडिट जनरल अफिसबाट गर्छ । अनलाइन डिजिटल प्रणालीबाट गरिएको छ । धेरै सजिलो हुँदो रहेछ । शुरुको वर्ष सबै कुराको जानकारी नभएकाले समस्या पनि हुन्छ । गाह्रो कहाँ भएको छ भने व्यक्तिगत रुपमा त्यसमा काम गर्ने कर्मचारीको प्रविधिको जानकारी छैन भने गाह्रो हुन्छ । त्यसले गर्दा प्रोफेसनल सीप प्रत्येक लेखा परीक्षकहरुले बढाउनु पर्छ । अहिले अडिटरले बनाएको रिपोर्ट मान्नैपर्छ भन्ने छैन । सबैलाई विश्वास लाग्ने गरी मान्य कसरी बनाउन सकिन्छ त्यतातिर लाग्नुपर्छ । जस्तो डाक्टर,इन्जिनियरले घरको डिजाइन गरेर दिन्छ मानिन्छ, वकिल,पाइलटको मानिन्छ । तर अडिटरहरुको पेशा छ । उसको सुझावहरु पूर्णरुपमा कार्यान्वयन हुँदैन । किन नमानिएको भनेर विश्लेषण गर्नुपर्छ । नमान्नुको कारण जे सुझाव आउनुपर्ने हो त्यो नआएको कारण मानिँदैन । एदमै विश्लेषण गरेर जस्तो निचोड आउनुपर्ने हो त्यो आउँदैन । अब अडिट तथा लेखा परीक्षणको सीप र ज्ञानको विषयमा सबै सर्वसाधरणदेखि स्थानीय तहका जनतालाई पुग्ने गरी प्रचारप्रसार गर्नुपर्छ ।’

महालेखापरीक्षक शर्माले लेखा परीक्षण गर्ने अडिटरको सुझाव मान्य हुन छोडेको बताउनु भयो । उहाँले डाक्टर, इन्जिनियर, पाइलट र वकिलको सुझाव वा काम सबैले मान्ने गरेपनि अडिटरको सुझाव मान्न छाडेको अवस्था देखिएको बताउनु भयो । शर्माले अडिटरहरुले विश्लेषण गरेर आउनुपर्ने निचोड भन्दा फरक निचोड आउने गरेकाले मान्य हुन छोडेको बताउनु भयो । उहाँले चार्टर्ड एकाउण्टेन्ट्स संघले लेखा परीक्षणको सीप र ज्ञानको विषयमा स्थानीय तहका जनतालाई पुग्नेगरी प्रचारप्रसार गर्न आग्रह गर्नुभयो ।