५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादीको अवस्थामा योगेशको टिप्पणी: आत्माबोध र पश्चाताप, सिर्फ कहिले ?



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले उबेला पार्टी विभाजनको औचित्य छैन भनी माधवकुमार नेपाललाई दिएको तर्क अहिले नेकपा (एकीकृत समाजवादी) मा देखिएको अवस्थाले पुष्टि गरेको बताउनुभएको छ ।

उहाँले अहिले नेकपा (एकीकृत समाजवादी) भित्र देखिएको विवादबारे सामाजिक सञ्जालमार्फत सो टिप्पणी गर्नुभएको हो ।

एकीकृत समाजवादीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले पार्टी अध्यक्ष नेपाललाई संसदीय दलको नेताबाटै हटाउने र सम्भव भए पार्टी नै विभाजन गर्ने गरी चुनौती दिएपछि एमाले सचिव भट्टराईको सो टिप्पणी आएको हो ।

पार्टीको सचिवालय र स्थायी समितिको बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम सिफारिस गर्ने निर्णय गरेको भए पनि मन्त्रीहरुले सो निर्णयलाई चुनौती दिएका छन् । छ सांसदसहित चार मन्त्रीले पार्टी अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र पठाउँदै पार्टीको निर्णय कुनै पनि हालतमा नमान्ने चेतावनी दिएका छन् ।

उनीहरुले संसदीय दलको बैठक बोलाउने माग गर्दै सम्भवतः दलका नेता नेपाललाई नै हटाउने अनुमान गरिएको छ ।

सचिव भट्टराईले सामाजिक सञ्जालमा आफूले पार्टी विभाजन नगर्न नेता नेपाललाई गरेको अनुनय, विनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहिभन्दा पनि वहाँले नमानेपछि कुनै दिन परिस्थिति तपाईंको काबुभन्दा बाहिर जानेछ भनेर वहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको बताउनुभएको छ ।

“हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ । आत्माबोध र पश्चाताप : सिर्फ कहिले ? ”, एमाले सचिव भट्टराईले भन्नुभएको छ ।