९ श्रावण २०८३, शनिबार
,
Latest
रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम गाभीले नेपालसँग ३ लाख डलर फिर्ता नमाग्ने सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन ‘पेशागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो’: प्रहरी महानिरीक्षक कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

निगमको ३५ लाख फजुल खर्च र मन्त्री आलेको निर्णय



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी विमान मर्मतको बाहानामा निलम्बित नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षले आफु निकट कर्मचारी र आसेपासेलाई १७ दिनकालागि डलर भत्तासहित पठाउने योजना संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले तुहाइ दिनु भएको छ ।

निगमको वाइडबडी विमान अन्नपुर्ण (A330, 9N–ALY) जहाज नियमित सि–चेक जाँचका लागि विहीबार इन्डोनेसियाको जार्कता पठाइदै छ । उक्त विमान त्यहाको पीटी जीएमएफ एरो एशिसा टीबीकेका प्राविधिकहरुको निगरानीमा १७ दिन रहने छ । सि–चेकका क्रममा जहाज पुर्णतया विदेशी एमआरओ कम्पनीको निगरानीमा रहन्छ ।

तर, निलम्बित कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफ्नो चाकरी गर्ने एक दर्जन हाराहारी आसेपासे कर्मचारीलाई दैनिक डलरमा भत्ता, होटल खर्च निगमले व्यहोर्नेगरी पठाउदै गरेको उजुरी परेपछी मन्त्री आलेले फजुल खर्च रोक्नु भएको हो । यो निर्णयले कोभिड महामारीका कारण घाटा ब्यहोरीरहेको निगमको रु ३५ लाख जोगाइदिनु भएको छ । निगमका अनुसार, २१ जनाकोे जम्बो टोली इन्डोनेशिया पठाउदा कम्तीमा पनि रु ५० लाख लाग्दै थियो ।

निलम्बित अध्यक्ष अधिकारीले २१ जनालाई बिना उदेश्य भम्रणमा पठाउदा रु ५० लाख खर्च लाग्ने भएपछी मन्त्रीसमक्ष केही दिनअघि उजुरी परेको थियो । अनावश्यक सङ्ख्यामा कर्मचारी लैजाने निर्णयलाई मन्त्री आलेले रोक लगाउनु भएसँगै उक्त रकम बचत भएको हो ।

मन्त्री आलेले नेपाल वायुसेवा निगमको फजुल खर्च हुन लागेको कम्तिमा पनि रु ३५ लाख जोगाउनु भएको छ । अब आवश्यक पर्ने ६ जना टोलीको खर्च रु १५ लाख ७४ हजार हाराहारी हुने छ । यसरी मन्त्री आलेले गरेको निर्णयबाट नेपाल वायुसेवा निगमको रु ३४ लाख २५ हजार ६२५ जोगिने भएको छ । अधिकारीलाई मन्त्री आलेले यसअघि पनि थुप्रैपटक फजुल खर्च नगर्न निर्देशन दिनु भएको थियो । तर अधिकारीले मन्त्रीको निर्देशन लत्याउदै खर्चहरु गर्ने गरेको उजुरी मन्त्रालयमा परेका छन् ।

पर्यटन मन्त्रालयले वैशाखमा स्पष्टीकरण सोध्नु भएपछी अधिकारीले विभागीय प्रमुखसँग समन्वय नै नगरी जहाजको सि जाँचकालागि जम्बो टोलीको सूची तयार पार्नु भएको थियो । मन्त्री आलेले नेपाल वायुसेवा निगमको अर्थ विभाग प्रमुख अनिसा खड्कालाई बुधबार मन्त्रालयमा बोलाउनु भई आर्थिक मितव्ययी अनुसार, रकम निकासा गर्न निर्देशन दिनु भएको छ ।