२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरमा हुने डुबान रोक्न हरसम्भव कार्य गर्ने



अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको विकासमा सबै क्षेत्रको सहयोगको अपेक्षा गर्नुभएको छ । आगामी आर्थिक वर्षका लागि बनाउने नगरको वार्षिक बजेटबारे सञ्चारकर्मीसँग आज भएको छलफलमा उहाँले विराटनगरमा हुने डुबानलाई रोक्न हरसम्भव कार्य गर्ने भत्रुभयो ।

विराटनगरको पश्चिम क्षेत्रमा रहेको केशल्या नदी र पूर्व क्षेत्रमा रहेको सिङ्घीया नदीका कारण नगर क्षेत्र डुबानमा पर्ने गरेको भन्दै नदी नियन्त्रण र बस्ती विकासको काम गर्ने उहाँको भनाइ थियो । उहाँले नगर क्षेत्रमा रहेका सञ्चार क्षेत्रको पूर्वाधार, क्षमता र विकासमा सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपप्रमुख शिल्पा निराला कार्कीले नगरको विकास गर्ने तहमा पुगेका जनप्रतिनिधिले जनताको भावना र चाहनाअनुसार काम गर्ने जनाउनुभयो । राष्ट्रिय समाचार समिति सञ्चालक समितिका सदस्य शङ्कर खरेलले विराटनगरमा हेर्न लायकको ठाउँ निर्माण र पाँच वर्ष अवधि पूरा गरी बाहिरे समयमा ठोस काम गरेको जनतालाई देखाउने हिसाबले काम गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका सभापति लीलाबल्लभ घिमिरे, महासचिव विवेक गौतम, महासङ्घकै पूर्वअध्यक्ष विक्रम लुइँटेल, उद्घोष दैनिकका प्रधानसम्पादक मोहन भण्डारी, संसदीय पत्रकार मञ्चका संयोजक गणेश लम्साल, पत्रकार विजयी खतिवडा, बेदराज पौडेल, कौशल निरौला, कुमार लुइँटेल रोहित, मुकेश यादव, श्यामसुन्दर सुतियार र नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका सभापति सञ्जीव भण्डारी लगायतले आगामी बजेटका निम्ति सुझाव दिनुभएको थियो ।