२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर तथा राजश्व दर परिवर्तनमा गद्दारी र राष्ट्रघात भएको छैन: अर्थमन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कर, राजश्व र भन्सार दरमा प्रक्रियाअनुसार परिवर्तन भएको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा अर्थमन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उनले कर, राजश्व र भन्सार दर परिवर्तनमा कुनै गद्दारी र राष्ट्रघात भए त्यसको सम्पूर्ण जिम्मेबार आफू रहने बताए ।

अर्थमन्त्री शर्माले राजश्वका दर सचिव र विभागीय प्रमुखको समितिले नै निर्धारण गरेको जानकारी दिए । राजश्वको दरहरु परिवर्तन गर्न आवश्यक प्रक्रिया हुने उल्लेख गर्दै उनले सम्बन्धित विभागीय प्रमुख र सचिवसहितको समितिले करको दर परिवर्तन गर्ने चलन रहेको बताए ।

सो समितिले करका दर परिवर्तनसम्बन्धी गरेको व्यवस्थाप्रति आफू पूर्ण जिम्मेबार र जवाफदेही रहेको उनको भनाइ थियो । उनले भने, “त्यसमा कतै राष्ट्रघात वा गद्दारी भएको छ भने म त्यसको पूर्ण जिम्मेवारी लिन तयार छु ।”

करका दर परिवर्तनमा कुनै राष्ट्रघात नभएको जिकिर गर्दै अर्थमन्त्री शर्माले मुलुकको डलर सञ्चिति, आयात, उत्पादन र औद्योगिक क्षेत्रलाई ध्यानमा राखेर दरहरु परिवर्तन भएको स्पष्ट गरे ।

अर्थमन्त्रीले जवाफ दिँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अर्थमन्त्रीको जवाफको कुनै अर्थ नभएको भन्दै सदन बहिष्कार गरेको छ ।