८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेश



अ+ अ-

काठमाडौं । बुधबारको प्रतिनिधिसभाको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले कोरोना संक्रमणका कारण गत वर्ष पेश हुन नसकेको समितिको वार्षिक प्रतिवेदन २०७८ र यस वर्षको प्रतिवेदन २०७९ प्रतिनिधिसभा बैठकमा पेश गरेकी हुन् ।

घर्तीले पेश गरेको प्रतिवेदनमा कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिइएको, बाह्य मुलुकमा मेडिकल शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरूका लागि सहज वातावरण निर्माण गराउन, मेडिकल शिक्षा अध्ययनका लागि बढि शुल्क असुली गर्ने कलेजहरुलाई कारबाही गर्न सरकारलाई सचेत गराइएको उल्लेख छ ।