१२ भाद्र २०८३, शुक्रबार
,
Latest
सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामु प्रधानन्यायाधीशसहितको इजलासमा आईजीपी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त विरुद्ध परेको मुद्दाको सुनुवाइका लागि इजलास तोकिएको छ ।

सो मुद्दाको सुनुवाइ कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा हुने भएको छ ।

यही जेठ १७ गतेका लागि सो मुद्दाका लागि पेसी तोकिएको थियो । यद्यपि अवकाश पाइसकेका प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) हरुले दर्ता गरेको मुद्दा पनि एकै स्थानमा राखेर हेर्ने आदेश भएको तर विपक्षीका नाममा म्याद तामेल भइसकेको भन्दै सर्वोच्चले आजका लागि पेसी तोकेको थियो ।

प्रहरी अतिरिक्त महनिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले वरियता मिचेर आफूभन्दा १७ महिना कनिष्ठ एआईजीपी धीरजप्रताप सिंहलाई आईजीपी बनाएको भन्दै सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।