६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामु प्रधानन्यायाधीशसहितको इजलासमा आईजीपी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त विरुद्ध परेको मुद्दाको सुनुवाइका लागि इजलास तोकिएको छ ।

सो मुद्दाको सुनुवाइ कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा हुने भएको छ ।

यही जेठ १७ गतेका लागि सो मुद्दाका लागि पेसी तोकिएको थियो । यद्यपि अवकाश पाइसकेका प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) हरुले दर्ता गरेको मुद्दा पनि एकै स्थानमा राखेर हेर्ने आदेश भएको तर विपक्षीका नाममा म्याद तामेल भइसकेको भन्दै सर्वोच्चले आजका लागि पेसी तोकेको थियो ।

प्रहरी अतिरिक्त महनिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले वरियता मिचेर आफूभन्दा १७ महिना कनिष्ठ एआईजीपी धीरजप्रताप सिंहलाई आईजीपी बनाएको भन्दै सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।