४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पूर्वाधार क्षेत्रमा लगानी भित्राएर तरलतालाई कम गर्दै लगिनेः अर्थमन्त्री

पूर्वाधार क्षेत्रमा लगानी भित्राएर तरलतालाई कम गर्दै लगिनेः अर्थमन्त्री
अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार क्षेत्रमा लगानी भित्राएर तरलतालाई कम गर्दै लगिने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित आइएमई लिमिटेडको २२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पूर्वाधार क्षेत्रमा लगानी भित्राएर र भएको पुँजि परिचालन गरेर तरलतालाई कम गर्दै लगिने बताउनुभएको हो । उहाँले केही नीतिगत कुराले पनि तरलतामा असर गरेको भन्दै नीतिगत रुपमा पनि आवश्यक सुधार गरिने बताउनुभयो । उहाँले नीतिगत सुधार गर्दा व्यवसायीहरुको मागलाई पनि ध्यान दिइने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘जहाँसम्म तरलताको कुरा छ । तरलताका कुराहरुमा केही नीतिगत कुराहरुले पनि काम गरेका छन् । यहाँहरुलाई थाहा छ, म अहिले त्यो व्याख्या गर्न चाहान्न । तिनलाई हामी अब आउने मनिटरिङ पोलिसीले सुधार गर्नुपर्ने छ । राष्ट्रबैंकको प्रतिनिधि पनि यहाँ हुनुहुन्छ । व्यवसायीहरुले भनेका कुरा पनि उहाँले सुन्नुभएको छ । मनिटरिङ पोलिसीमार्फत् सुधार गर्न सम्भव भएकाहरु सुधार गरिनेछ । त्यतिमात्रै नभएर अब हामी विभिन्न क्षेत्रको लगानी भित्राउनेछौँ । पूर्वाधार क्षेत्रमा हामी लगानी भित्राउने छौँ । त्यो लगानी भित्राउने र हामीसँग भएको पुँजिको परिचालन गर्ने कुराबाट तरलतालाई न्युन गर्दै जान सकिन्छ भन्ने कुरा म यहाँ राख्न चाहान्छु ।’

अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटले नेपालको प्राकृतिक स्रोतको परिचालन गरेर विदेशी मुद्रा भित्राउने लक्ष्य राखेको बताउनुभयो । उहाँले उत्पादन वृद्धि गरेर निर्यात गरी विदेशी मुद्रा आर्जन गरिने उल्लेख गर्नुभयो । मन्त्री शर्माले सेवा निर्यातलाई पनि प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘यो बजेटले रेमिटेन्सको रुपमा आउने पैसा मात्रै ल्याउने उद्देश्य राखेको छैन । विशेष रुपमा विदेशी मुद्रा भित्राउने महत्वकांक्षी लक्ष्य राखेको छ । हामीलाई प्रकृतिले उपलब्ध गराएको वस्तुहरु, प्राकृतिक स्रोतको परिचालन गरेर, तिनको उत्खनन्, प्रशोधन, प्याकिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्याउने र त्यसबाट विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य हामीले राखेका छौँ । उत्पादन वृद्धि गरेर निर्यात गर्ने र विदेशी मुद्रा आर्जन गर्ने हाम्रो लक्ष्य रहेको छ । त्यस हुनाले औद्योगिक उत्पादन र कृषि उत्पादन बाट मात्रै होइन, सेवा निर्यातलाई पनि प्राथमिकता दिएका छौँ । सेवा निर्यातको क्षेत्रमा भएका प्रयासहरुलाई प्रोत्साहन गर्ने गरी त्यस सन्दर्भका कर लगायतका विषयहरुलाई समाधान गरेका छौँ । औद्योगिक क्षेत्र, कृषि क्षेत्र र सेवा क्षेत्रबाट सेवा निर्यात गरेर वैदेशिक मुद्रा आर्जन गर्ने लक्ष्य लिएको छ ।’

उहाँले श्रमयोग्य जनक्तिलाई उनीहरुको चाहाना अनुसारको तालिम दिएर योग्य जनशक्ति बनाइने बताउनुभयो । मन्त्री शर्माले व्यापार घाटालाई सन्तुलनमा ल्याउनका लागि उत्पादनमा आधारित कर्मलाई अगाडी बढाउनुपर्ने र आत्मनिर्भर हुनुपर्ने बताउनुभयो ।