७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको फोहोर व्यवस्थापनका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्नुपर्छः सांसद गुरुङ



अ+ अ-

 

काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी सांसद रेनुका गुरुङले काठमाडौंको फोहोर व्यवस्थापनका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद गुरुङले बञ्चरेडाँडाँको ल्याण्डफिल साइटमा फोहोर डम्पिङ गरेर मात्रै समस्याको समाधान नहुने बताउनुभयो । उहाँले काठमाडौंको फोहोरको दिगो व्यवस्थापनका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्नुपर्नेमा जोड दिदैँ मन्त्रालयको सोच के छ भन्ने प्रश्न गर्नुभयो ।

उहाँले फोहोरबाट कम्पोष्ट मलको फ्याक्ट्री खोल्न सकिने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘काठमाडौं उपत्यकाको घर घरबाट प्रतिदिन १२ सय टन फोहोर निस्किन्छ । जसलाई करिब १५० ट्रिपरले ल्याण्डफिल साइटमा डम्पिङ गर्नुपर्ने हुन्छ । म माननीय मन्त्रीजीलाई सोध्न चाहान्छु, के बञ्चरेडाँडाँको ल्याण्डफिल साइटमा फोहोर डम्पिङ गरेर मात्र समस्या समाधान होला ? यसको दिगो व्यवस्थापनका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्ने मन्त्रालयको सोच छ कि छैन ?

विगत १७ वर्षदेखि सरकारको अत्याचारका कारण सिसडोलबासी विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित छन् । यस्ता समस्या बञ्चरेडाँडाँका जनतामा दोहोरिन नदिन सरकारले आगामी वर्ष के–कस्ता कार्यक्रमहरु सञ्चालन गर्ने मन्त्रालयको योजना छ जानकारीको लागि अनुरोध गर्दछु । फोहोरबाट कम्पोष्ट मलको फ्याक्ट्री खोल्न सकिन्छ ।’