४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कर्णाली प्रदेशसभामा आर्थिक सर्वेक्षण २०७८/७९ पेश

कर्णाली प्रदेशसभामा आर्थिक सर्वेक्षण २०७८/७९ पेश
अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पहिलोपटक ‘आर्थिक सर्वेक्षण २०७८/७९’ प्रदेशसभामा पेश गर्नुभएको छ ।

योजनामन्त्री विष्टले शनिबार बसेको प्रदेशसभाको दशौँ अधिवेशनको १२औँ बैठकमा आर्थिक सर्वेक्षण पेश गर्नुभएको हो । कर्णाली प्रदेशको समग्र स्थितिको तथ्याङ्कसहितको सर्वेक्षण सभामा पेश गर्दै उहाँले आर्थिक मामिला मन्त्रालयको सीमित साधनस्रोत, समय र मौजुदा जनशक्तिको सहयोगमा विवरण तयार गरिएको बताउनुभयो ।

मन्त्री विष्टले पेश गर्नुभएको सर्वेक्षणअनुसार राष्ट्रिय कूल ग्राहस्थ वृद्धिदर उपभोक्ताको मूल्यमा ५.८४ प्रतिशत र आधारभूत मूल्यमा आर्थिक वृद्धिदर ५.४९ प्रतिशत रहने अनुमान छ । गत आवको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ४.२५ प्रतिशत वृद्धि रहेको थियो ।

त्यस्तै आव २०७८/७९ मा राष्ट्रिय कूल ग्राहस्थ उत्पादन उपभोक्ताको मूल्यमा रु ४८ खर्ब ५१ करोड ६३ करोड हुने अनुमान गरिएको छ । गत आव कूल ग्राहस्थ उत्पादन रु ४२ खर्ब ७७ अर्ब ३० करोड रहेको थियो । चालु आवमा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ५.४७ प्रतिशत रहने अनुमान बताउनुभएको उहाँले गत वर्ष यसको आर्थिक वृद्धिदर ४.३४ प्रतिशत रहेको जनाउनुभयो ।

आर्थिक वर्ष २०७८/७९ मा कर्णाली प्रदेशको कूल ग्राहस्थ उत्पादन उपभोक्ताको मूल्यमा रु एक खर्ब ९७ अर्ब ९९ करोड रहने अनुमान रहने अनुमान छ । गत आवमा यहाँको कूल ग्राहस्थ उत्पादन रु एक खर्ब ७५ अर्ब ५५ करोड रहेको बताइएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा कूल ग्राहस्थ उत्पादनमा कर्णाली प्रदेशको अंश ३.९४ प्रशित रहेकामा चालु आवमा यो अंश बढेर ४.०८ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा कर्णाली प्रदेशको कृषि क्षेत्रको वृद्धिदर ३.२२ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ६.५० प्रतिशत रहने अनुमान छ । यद्यपि गत आर्थिक वर्ष यो वृद्धिदर ३.४४ प्रतिशत र ४.१६ रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा कर्णाली प्रदेशको कूल ग्राहस्थ उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३१.५, ११.१ र ५७.४ प्रतिशत रहने अनुमान छ । आव २०७८/७९ नेपालको प्रतिव्यक्ति आय (प्रतिव्यक्ति कूल राष्ट्रिय उत्पादन) रु एक हजार ३८१ र कर्णाली प्रदेशको प्रतिव्यक्ति आय (प्रतिव्यक्ति कूल ग्राहस्थ उत्पादन) रु ९६४ अमेरिकी डलर रहने अनुमान गरिएको छ ।

बहुआयमिक गरिबी दर राष्टिय औसतमा १७.४० प्रतिशत रहँदा कर्णाली प्रदेशको बहुआयमिक गरिबी दर ३९.५ प्रतिशत छ । चालु आवको चैतसम्म कर्णाली प्रदेश सरकारको खर्च गत वर्षको सोही अवधिको तुलनामा ३०.६८ प्रतिशतले वृद्धि भई रु आठ अर्ब चार करोड ११ लाख रहेको छ । चालु आवको चैतसम्म चालु र पूँजीगत खर्च क्रमशः रु चार अर्ब एक करोड ५० लाख र चार अर्ब दुई करोड ६१ लाख रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा सङ्घीय सरकारबाट समानीकरण, सशर्त, समपूरक र विशेष गरी रु १४ अर्ब ६४ करोड १४ लाख ८३ हजार अनुदान प्राप्त भई रु १२ अर्ब ९५ करोड ७२ लाख ९० हजार खर्च भएको छ । आव २०७६/७७ मा आन्तरिक राजस्वतर्फ रु २३ करोड ४४ लाख ७४ हजार प्राप्त भएकामा आव २०७७/७८ मा रु ६३ करोड ९४ लाख ९२ हजार प्राप्त भएको छ । चालु आवको चैतसम्म रु ४४ करोड ४३ लाख ८२ हजार राजस्व प्राप्ति भएको छ जुन कूल राजस्व लक्ष्यको ७४.१ प्रतिशत हो ।

विसं २०७८ चैतसम्म कर्णाली प्रदेशमा वाणिज्य बैंकको सङ्ख्या १९७, विकास बैंक २१, वित्त कम्पनी तीन तथा लघुवित्त संस्थाको २३० गरी ४५१ बैंक तथा वित्तीय संस्थाका शाखा पुगेको सर्वेक्षणमा उल्लेख गरिएको छ । गत आवमा बैंक तथा वित्तीय संस्थाको सङ्ख्या कूल शाखा ४१२ रहेका थिए । विसं २०७८ फागुनसम्म कर्णाली प्रदेशमा जीवन र नीर्जिवन बिमकको शाखा सङ्ख्या १९१ रहेकामा बिमकको शाखा सङ्ख्या १४५ र नीर्जिवन बिमकको शाखा सङ्ख्या ४६ रहेको छ ।

चालु आव २०७७/७८ मा देशभर धानबालीको उत्पादन ५१ लाख ३० हजार ६२५ मेट्रिक टन रहने अनुमान हुँदा कर्णाली प्रदेशमा भने धानबालीको उत्पादन एक लाख २५ हजार १८७ मेट्रिक टन रहने अनुमान रहेको मन्त्री विष्टले बताउनुभयो ।