४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

१० महिनामा विदेशी मुद्राको सञ्चिति २१.१ प्रतिशतले ओरालो लाग्यो

१० महिनामा भित्रियो आठ खर्ब ११ अर्ब विप्रेषण ,शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब

१० महिनामा विदेशी मुद्राको सञ्चिति २१.१ प्रतिशतले ओरालो लाग्यो
अ+ अ-

काठमाडौं । विदेशी मुद्राको सञ्चिति ओरालो लाग्ने क्रम रोकिएको छैन । पछिल्लो १० महिनामा विदेशी मुद्राको सञ्चितिमा २१।१ प्रतिशतले कमी आएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको १० महिनाको विवरणअनुसार विदेशी मुद्रा सञ्चिति मात्रै नौ अर्ब २८ करोड अमेरिकी डलर बराबर कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार २०७८ असार मसान्तमा रु १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले कमी आई २०७९ वैशाख मसान्तमा रु ११ खर्ब ४६ अर्ब ८८ करोड कायम भएको थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा २१।१ प्रतिशतले कमी आई नौ अर्ब २८ करोड कायम भएको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा १८।३ प्रतिशतले कमी आई रु १० खर्ब १७ अर्ब २७ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा १६।१ प्रतिशतले कमी आई रु एक खर्ब २९ अर्ब ६१ करोड कायम भएको छ ।

त्यस्तै २०७९ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५।१ प्रतिशत छ । चालु आवको दश महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.३४ महिनाको वस्तु आयात र ६।५७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

१० महिनामा भित्रियो आठ खर्ब ११ अर्ब विप्रेषण

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म विप्रेषण आप्रवाहमा सामान्य सुधार भएको छ । पछिल्ला दिनमा विदेशीको मुद्राको सञ्चितिमा दबाव परिरहेको बेला विप्रेषण आप्रवाहमा भएको वृद्धिले सकारात्मक सन्देश प्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको १० महिनाको आर्थिक विवरणअनुसार विप्रेषण आप्रवाहमा ०.२ प्रतिशतले वृद्धि भएको छ । बैंकका अनुसार वैशाख मसान्तसम्म रु आठ खर्ब ११ अर्ब ७९ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ ।

सरकारले विप्रेषण पठाउनेलाई विशेष सुविधाका कार्यक्रम सार्वजनिक गरेपछि सकारात्मक प्रभाव पर्न थालेको हो । सरकारले विप्रेषण पठाउनेलाई साधारण शेयरमा कोटा लागू गर्नेलगायतका केही नीतिगत निर्णय गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भई दुई लाख ७८ हजार २९८ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ६८.४ प्रतिशतले घटेको थियो । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १८५।५ प्रतिशतले वृद्धि भई दुई लाख ३० हजार ४६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५४ प्रतिशतले घटेको थियो ।

सो अवधिमा खुद ट्रान्सफर ०.०१ प्रतिशतले वृद्धि भई रु नौ खर्ब तीन अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७।१ प्रतिशतले बढेको थियो ।

शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब

देशमा भित्रिनेभन्दा बाहिरिने मुद्राको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरण अनुसार शोधनान्तर स्थिति रु दुई खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु सात अर्ब ७५ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा पाँच करोड ५४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ४१ करोडले घाटामा रहेको पाइएको छ ।

त्यस्तै समीक्षा अवधिमा चालु खाता रु पाँच खर्ब ४७ अर्ब ३६ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु दुई खर्ब ५१ अर्ब २९ करोडले घाटामा रहेको थियो । समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ४१.३ प्रतिशतले कमी आई रु सात अर्ब ९९ करोड कायम भएको छ । यस्तै खुद प्रत्यक्ष वैदेशिक लगानी १८.२ प्रतिशतले वृद्धि भई रु १६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु १३ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु १४ अर्ब आठ करोड रहेको थियो । रासस