२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

वित्तीय रिपोर्ट: रेमिटेन्स केही बढ्यो चालु खाता ५ खर्ब ४५ अर्बभन्दा बढी घाटामा (प्रतिबेदनको पूर्णपाठ)



अ+ अ-

काठमाडौं । देशमा भित्रिनेभन्दा बाहिरिने मुद्राको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरण अनुसार शोधनान्तर स्थिति रु दुई खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु सात अर्ब ७५ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा पाँच करोड ५४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ४१ करोडले घाटामा रहेको पाइएको छ ।

त्यस्तै समीक्षा अवधिमा चालु खाता रु पाँच खर्ब ४७ अर्ब ३६ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु दुई खर्ब ५१ अर्ब २९ करोडले घाटामा रहेको थियो । समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ४१।३ प्रतिशतले कमी आई रु सात अर्ब ९९ करोड कायम भएको छ । यस्तै खुद प्रत्यक्ष वैदेशिक लगानी १८।२ प्रतिशतले वृद्धि भई रु १६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु १३ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु १४ अर्ब आठ करोड रहेको थियो ।

बैकका अनुसार २०७९ वैशाख मसान्तसम्म वार्षिक विन्दुगत मासिक औसत मुद्रास्फीति ५.८४ प्रतिशत रहेको छ । २०७८ वैशाख महिनाको तुलनामा २०७९ वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २४.८६ प्रतिशत, १२.६१ प्रतिशत, ११.३० प्रतिशत, १०.५३ प्रतिशत र ९.७० प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः २१.८१ प्रतिशत, ११.६४ प्रतिशत र ८.२१ प्रतिशत रहेको बैंकले जनाएको छ ।

बैकका अनुसार चालू आर्थिक वर्षको १० महिनामा विदेशी मुद्रा विप्रेषण आप्रवाह ९रेमिटेन्स० ०.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वर्ष ०.२ प्रतिशतले वृद्धि भएर ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो । अघिल्लो वर्ष यस्तो रेमिटेन्स १९.२ प्रतिशतले बढेको थियो ।

प्रतिबेदनको पूर्णपाठ

Current Macroeconomic and Financial Situation -Nepali (Based on Ten Months data of 2078.79)