१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

राप्रपा प्रवक्ता श्रेष्ठको कमललाई प्रश्न: कुन दलले के त्यागे को को संग एकता गर्नुहुन्छ ?

राप्रपा प्रवक्ता श्रेष्ठको कमललाई प्रश्न: कुन दलले के त्यागे को को संग एकता गर्नुहुन्छ ?
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापालाई अन्य पार्टीहरुले के त्यागेमा एकता गर्नुहुन्छ भनी प्रश्न गर्नुभएको छ ।

बुटवलमा बिहीबार आयोजित पत्रकार भेटघाटमा राप्रपा नेपालका अध्यक्ष थापाले राजतन्त्रको एजेन्डा त्यागे राप्रपा नेपालले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एकता गर्न सकिने बताउनुभएपछि राप्रपा प्रवक्ता श्रेष्ठले त्यस्तो प्रश्न गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “कमल थापाज्युलाई शालिनतापूर्वक एउटा प्रश्न सोध्न चाहन्छु– एमालेले के त्यागेमा एमालेसँग, माओवादीले के त्यागे माओवादीसँग र कांग्रेसले के त्यागे कांग्रेससँग एकता गर्नुहुन्छ ?”

लिङ्देन नेतृत्वको राप्रपाले राजतन्त्र र हिन्दू राष्ट्रको पुनःस्थापनालाई आफ्नो मुख्य एजेन्डा बनाएको छ भने थापा नेतृत्वको राप्रपा नेपालले हिन्दू राष्ट्रको पुनःस्थापनामा जोड दिए पनि राजतन्त्रको पुनःस्थापनाको एजेन्डलाई परित्याग गरेको छ ।

बुटवलमा अध्यक्ष थापाले जनतालाई राजतन्त्र पुनःस्थापना हुन्छ भनेर अब भ्रममा पार्न नहुने भन्दै आफ्नो पार्टीले राजतन्त्रको एजेन्डासमेत छाडेको बताउनुभएको थियो । राजतन्त्रका लागि अब सती जान नसक्ने उहाँको भनाइ थियो ।

राप्रपाका प्रवक्ता श्रेष्ठले राजतन्त्रको एजेन्डा त्याग गरिसकेका अध्यक्ष थापालाई प्रश्न गर्नुभयो, “पछिल्लो कार्यनीतिअनुसार वैचारिकरुपमा राप्रपासँग भन्दा तपाईंको निकटता कांग्रेस, एमाले र माओवादीसंग होइन र र?”