४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

वागमती प्रदेशः नीति तथा कार्यक्रमबारे सांसदहरु असन्तुष्ट

वागमती प्रदेशः नीति तथा कार्यक्रमबारे सांसदहरु असन्तुष्ट
अ+ अ-

काठमाडौं । वागमती प्रदेश सांसदहरुले प्रदेश सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम अहिलेको आवश्यक्ताअनुसार नभएको गुनासो गरेका छन् ।

प्रदेश सांसदहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कुनै नयाँ योजना नरहेको भन्दै उत्साहीत हुनुपर्ने अवस्था नरहेको बताएका हुन् । सत्तापक्ष बाहेकका प्रतिपक्ष र स्वतन्त्र सांसद भने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कुनै नयाँ कार्यक्रम र योजना आउन नसकेको बताउँछन् ।

प्रदेश सरकारले आगमी आर्थिक वर्षको लागि गत वर्षमा भएका त्रुटी र कमीहरुलाई समेटेर नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएपनि विपद्जन्य लगायतका प्राकृतिक प्रकोप र समग्र बजेटमा जनचाहनाअनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको बताएका हुन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा स्वतन्त्र सांसद रमेश पौडेलले वागमती प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा कुनै नयाँ योजना र कार्यक्रम ल्याउन नसकेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा कुनै नयाँ योजना नभइ परम्परा धान्ने किसिमका रहेको बताउनु भयो । उहाँले प्रदेश सरकारले प्रदेशमा हुनसक्ने सम्भावित विपद्जन्य जोखिम न्यूनिकरणका लागि कुनै नयाँ कार्यक्रम र योजना नल्याएको भन्दै पूर्व तयारीका हिसावमा सरकारले नसोचेको आरोप लगाउनु भयो । सभासद पौडेलले गत वर्ष सिन्धुपाल्चोकको घटनालाई हेरेर विपद्जन्य कुरामाहरुमा चासो र चिन्ता राख्दै सम्भावित घटना हुन नदिने कार्यक्रम नीति तथा कार्यक्रममा नरहेकोले मेलम्ची लगायत जोखिम स्थानका बासिन्दाहरु यसबाट त्रसित रहेको बताउनु भयो । उहाँले नीति तथा कार्यक्रममा स्थानीय सरकारले गर्ने स–साना कामलाई प्राथमिकता दिएको देखिएको भन्दै प्रदेश र स्थानीय सरकारको तालमेल नमिलेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गएको वर्ष वागमती प्रदेशका पहाडी भूभागमा बाढी पहिरोको प्रकोप धेरै बढ्यो । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नै तहसनहस भयो । धादिङ, दोलखा, नुवाकोट लगायतका जिल्लाहरुमा पनि धेरै क्षति पु¥यायो । त्यसैले अहिले हामीले कम्तिमा प्रदेश सरकारको तर्फबाट घटना भइसकेपछि राहत दिने भन्दापनि पूर्व तयारीको हिसावले काम गर्नुपर्छ भन्ने ढंगले आवाज उठायौँ । तर अहिले नीति तथा कार्यक्रम आउँदापनि त्यसलाई गहिराईमा पुगेर स्म्बोधन गर्न सकिएको पाइएको छैन । सिन्धुपाल्चोकको स्थिति हेर्ने हो भने धेरै ठाउँको बस्तीहरु अहिले जोखिमयुक्त छन्, जमिनहरु चर्किएको अवस्था छ ।

भूक्षयको स्थिति छ । मानिसहरु त्रस्त छन्, तर त्यसलाई सम्बोधन गर्ने गरेर प्रदेशको नीति तथा कार्यक्रममा आउनसकेको छैन । नीति तथा कार्यक्रम विगतकै निरन्तरता जस्तो भइरहेको छ । परम्परा धान्ने गरेर ल्याइरहेको छ । नीति तथा कार्यक्रम अहिले ससाना योजनालाई पनि प्राथमिकता दिएर पैसा छुट्याइरहेको छ । हाम्रो तालमेल स्थानीय तहसँग नमिलिरहेको जस्तो भएको छ । प्रदेशले नै साना योजनामा हात हाल्दा संविधान अनुकुल हुँदैन । यसमा नविनता केही देखिँदैन । त्यसैले यसमा उत्साहीत हुनुपर्ने कुनै कार्यक्रम छैन ।’

यता नेकपा (एकीकृत समाजवादी) को तर्फबाट वागमती प्रदेशकी उद्योग, पर्यटन तथा वातावरण समितिकी सभापति रमा आलेमगरले भने आगामी वर्षको लागि वागमती प्रदेशले ल्याएको नीति तथा कार्यक्रम विगतका सरकारहरुको तुलनामा राम्रो भएको दाबी गर्नुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले यो नीति तथा कार्यक्रममा गठबन्धनका धेरै नेताहरुले छलफल गरेकोले पनि नीति तथा कार्यक्रम उत्कृष्ट रहेको बताउनु भयो । सांसद आलेले नीति तथा कार्यक्रममा किसानसँग सम्बन्धित कार्यक्रम, महिलासँग सम्बन्धित कार्यक्रम र मजदुरसँग जोडिएका कार्यक्रमलाई विशेष जोड दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रम अगाडिको वर्षहरुको तुलनामा गठबन्धनको सरकारले ल्याएको चुस्त दुरुस्त छ । किनभने एउटै मात्र मान्छेले मस्तिष्क मन्थन गरेर तयारी गरिएका कुरा भन्दा धेरै साथीहरु बसेर मस्तिष्क मन्थन गरेर ल्याएका कुरा चुस्त दुरुस्त हुन्छ । ५ वटै पार्टीका साथीहरुबीचमा छलफल गरेर ल्याएको कार्यक्रम राम्रो छ । किसानसँग सम्बन्धित कुराहरु नीति तथा कार्यक्रमले सम्बोधन गरेको छ । महिलासँग पनि त्यत्तिकै ओझिलो नीति तथा कार्यक्रम छ । जस्तै छोरीबुहारीलाई सामुदायिक कलेजमा स्कलरशीप (छात्रवृत्ति) र पहिला शिक्षा प्रदान गर्ने भन्ने विषयवस्तु राम्रो छ । त्यस्तै मजदुर संगठनसँग सम्बन्धितका कुरा लगायतका धेरै कार्यक्रमहरु यो नीति तथा कार्यक्रमले समेटेको छ । सरकारले नीति तथा कार्यक्रम ओझिलो र गहकिलो ल्याएको छ । तर अब यही नीति तथा कार्यक्रममा आधारित रहेर बजेट विनियोजन गर्नुपर्छ र त्यसलाई कार्यान्वयनमा लैजानुपर्छ । जसबाट नै यो बजेट राम्रो रहेछ भन्ने कुरा नागरिकले अनुभुति गर्नेछन् ।’

समिति सभापति आलेमगरले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम गहकिलो भएको र यही नीति तथा कार्यक्रममा आधारित रहेर बजेट विनियोजन हुनुपर्ने बताउनु भयो । वागमती प्रदेश सरकारले गत जेठ १६ गते आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सदनमा प्रश्तुत गरेको थियो । नीति तथा कार्यक्रममा एक विद्यालय एक नर्स, छोरीबुहारीलाई छात्रवृत्ति, प्रदेशस्तरीय खेलकुद प्रतियोगिता, रंगशाला निर्माण योजना अघि बढाउने लगायतका कार्यक्रम अघि सारेको छ ।