४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

किसानको दुखेसो : समयमा कहिल्यै बाली लगाउन पाइएन

किसानको दुखेसो : समयमा कहिल्यै बाली लगाउन पाइएन
अ+ अ-

महोत्तरीः बीउ र मल अभावका कारण महोत्तरीका किसानलाई चिन्तित बनाएको छ । जेठ अन्तिम साता बित्नै लाग्दासमेत किसानले धानको ब्याड राख्न पाएका छैनन् । उनीहरुलाई समयमै बाली लाउन नपाइने हो की भन्ने चिन्ताले पिरोलेको छ ।

“असार १५ गतेसम्म बीउ रोपको मैजारो गर्नुपर्ने हो”, बर्दिबास नगरपालिका–७ का नीरचन्द्र पौडेल भन्नुहुन्छ, “जेठ बित्न लाग्यो, ब्याडकै चाँजो मिलेको छैन ।” धानको बीउ स्थानीय कृषि बीउबिजन केन्द्रमा नपाएपछि आपूmहरूको हैरानी बढेको पौडेलको भनाइ छ । यसपालि समय–समयमा पानी परे पनि धानको बीउ नपाउँदा खेती गर्ने समय घर्कँदै छ ।

ढिलोमा आगामी असार तेस्रो हप्ता भित्र धानको बीउ रोप सकिए साउन तेस्रो हप्तासम्म खरुवन रोप गर्न सकिन्छ । जिल्लामा धानको बीउ रोप गाँजिएपछि त्यसैलाई उखेलेर अर्को रोप गरिन्छ । यसलाई ‘खरुवन’ रोप भनिन्छ । बीउ रोपको भन्दा खरुवन रोपको धानको बाला पोटिलो लाग्ने र उत्पादन बढी हुने किसानको अनुभव छ ।

“खेतीको तालिका केही काम लागेन”, बर्दिबास–९ पशुपतिनगरका नथुनी महतो भन्नुहुन्छ, “पुराना रैथाने धान मासिदा दुःख पाइयो ।” पुरानो रैथाने धान लाउन छाडेपछि विकासे जातका धानमा भर परिएको र त्यसको बीउ समयमै नपाउँदा खेती लगाउन नपाइएको किसानको दुखेसो छ । “तीन तहको सरकार छ, हाम्रो मर्का बुझ्ने कोही भएनन्”, महतोले भन्नुभयो ।

जिल्लाको कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टरमा धानखेती गरिन्छ । सिँचाइको प्रबन्ध नहुनु, समयमा प्रामाणिक (कृषि मन्त्रालयले सिफारिस गरेका) धानको बीउ उपलब्ध नहुनु र रासायनिक मल नपाउँदा समयमा खेती लगाउन नपाइएको भङ्गाहा–४ का सत्यनारायण यादव बताउनुहुन्छ ।

धान जिल्लाको मुख्य अन्नबाली मानिन्छ । मुख्यबाली नै समयमा लगाउन नपाएपछि किसानको पिरोलो बढेको छ । जिल्लाका १५ स्थानीय तहमा कुनैले पनि व्यवस्थित कृषि शाखा सञ्चालन गरेका छैनन् । भङ्गाहा–४ पलारका चौठी बाँतर खेतीका लागि आवश्यक सामग्रीको अभाव र कृषि जनशक्ति (खेतीहर मजदुर) भारततिर जान थालेपछि किसानले खेती छाड्दै गएको बताउनुहुन्छ । यो क्रम बढ्दै गए उर्वर जग्गा बाँझो बस्ने र अन्नको सङ्कट बढ्दै उहाँको भनाइ छ । किसानलाई वैकल्पिक सिँचाइ प्रबन्धका लागि इनार, पम्पसेट, बोरिङजस्ता सुविधा दिनुपर्छ । सबै स्थानीय तहले कृषि शाखा व्यवस्थित गर्नुपर्ने किसानको माग छ ।