२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व वातावरण दिवसमा ‘डोको डस्बिन’ वितरण



अ+ अ-

झापा । विश्व वातावरण दिवसका अवसर पारेर आज मेचीनगर–१० धुलाबारीमा शुभारम्भ अभियानले ‘डोको डस्बिन’ वितरण गरेको छ । वातावरण स्वच्छ र धुलाबारी बजारलाई सफा बनाउने उद्देश्यले अभियानले डोको डस्बिन वितरण गरेको हो ।

धुलाबारी चोक बजारका पसलबाट निस्कने फोहरमैलालाई व्यवस्थापन गर्ने उद्देश्यले अभियानले पसल अगाडि डोकोको डस्बिन राखिदिएको छ । यसअघि पनि अभियानले धुलाबारी बजारलाई हरियाली बनाउने उद्देश्यले प्रत्येक पसल अगाडि गमलामा थुपीको बिरुवा रोपनकार्य गरेको थियो ।

अभियानका अध्यक्ष केपी शिवाकोटीले सो डस्बिन खरिदका लागि कर्णाली बचत तथा ऋण सहकारी संस्था र ज्योति विकास बैंकले सहयोग गरेको बताउनुभयो ।

यसैगरी, थोप्लेविरान सामुदायिक वनले आजै विभिन्न जातका तीन हजार बिरुवा रोपन गरेको छ । सामुदायिक वन परिसरमा उपभोक्ता स्वयम् उपस्थिति भएर सो बिरुवा रोपिएको हो ।