२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको परिणामपछि हाम्रो पार्टी सत्तारुढ गठबन्धनभित्र धेरै असन्तुष्ट छः झलनाथ खनाल



file
अ+ अ-

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचनको परिणामपछि आफ्नो पार्टी सत्तारुढ गठबन्धनभित्र धेरै असन्तुष्ट रहेको बताउनु भएको छ ।

शनिबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सम्मानित नेता खनालले सम्मानजनक ढंगले गठबन्धन हुँदै नभएको भन्दै सो निर्वाचनको परिणामबाट आफ्नो पार्टी धेरै असन्तुष्ट रहेको टिप्पणी गर्नु भएको हो । उहाँले आफूहरुको असन्तुष्टि सत्तारुढ दलहरुको बैठकमा राखिएको र आन्तरिक रुपमा पनि छलफल गरेर एउटा निष्कर्षमा पुग्ने प्रतिक्रिया समेत दिनु भयो ।

फरक प्रसंगमा सम्मानित नेता खनालले तत्काल वामपन्थी दलहरुबीचको एकताको आवश्यक्ता औंल्याउँदै त्यो सम्भावना भने अहिलेलाई निकै कमजोर रहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘बामपन्थीहरुबीच एकता हुनुचाँही बस्तुगत आवश्यक्ता हो । तर यतिबेला वामपन्थी आन्दोलनका मेजर संगठनका नेताहरु अहिले वामपन्थी एकताको पक्षमा देखिनु हुन्न । यसो हुनाले तत्काल वामपन्थी एकताको आवश्यक्ता भएपनि त्यो सम्भावना चाँही निकै कमजोर छ ।

हामी स्थानीय तहको निर्वाचनबाट धेरै असन्तुष्ट छौं । किनभने यो पाँच दलको गठबन्धनभित्र सम्मानजनक ढंगले गठबन्धन हुँदै भएन । त्यो नभएको हुनाले हामी असन्तुष्ट छौं । त्यो असन्तुष्टि हामीले पाँचदल भित्र पनि राखेका छौं । हामी आफैं पनि समिक्षा गर्दैछौं । अव हामी ठ्याक्कै यो समिक्षाको बीचमा छौं । समिक्षा गरिसकेपछि अव के के निस्कन्छ, त्यस आधारमा हामी तपाईहरुसँग फेरी कुरा गर्दछौं ।’

सम्मानित नेता खनालले वामपन्थी दलहरुबीचको एकता तत्कालका लागि आवश्यक भएपनि मेजर दलका नेताहरुका कारण सो सम्भावना निकै कमजोर हुने पुगेको तर्क समेत गर्नु भयो ।