१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

निर्वाचनको परिणामपछि हाम्रो पार्टी सत्तारुढ गठबन्धनभित्र धेरै असन्तुष्ट छः झलनाथ खनाल

निर्वाचनको परिणामपछि हाम्रो पार्टी सत्तारुढ गठबन्धनभित्र धेरै असन्तुष्ट छः झलनाथ खनाल
file
अ अ+ अ-

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचनको परिणामपछि आफ्नो पार्टी सत्तारुढ गठबन्धनभित्र धेरै असन्तुष्ट रहेको बताउनु भएको छ ।

शनिबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सम्मानित नेता खनालले सम्मानजनक ढंगले गठबन्धन हुँदै नभएको भन्दै सो निर्वाचनको परिणामबाट आफ्नो पार्टी धेरै असन्तुष्ट रहेको टिप्पणी गर्नु भएको हो । उहाँले आफूहरुको असन्तुष्टि सत्तारुढ दलहरुको बैठकमा राखिएको र आन्तरिक रुपमा पनि छलफल गरेर एउटा निष्कर्षमा पुग्ने प्रतिक्रिया समेत दिनु भयो ।

फरक प्रसंगमा सम्मानित नेता खनालले तत्काल वामपन्थी दलहरुबीचको एकताको आवश्यक्ता औंल्याउँदै त्यो सम्भावना भने अहिलेलाई निकै कमजोर रहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘बामपन्थीहरुबीच एकता हुनुचाँही बस्तुगत आवश्यक्ता हो । तर यतिबेला वामपन्थी आन्दोलनका मेजर संगठनका नेताहरु अहिले वामपन्थी एकताको पक्षमा देखिनु हुन्न । यसो हुनाले तत्काल वामपन्थी एकताको आवश्यक्ता भएपनि त्यो सम्भावना चाँही निकै कमजोर छ ।

हामी स्थानीय तहको निर्वाचनबाट धेरै असन्तुष्ट छौं । किनभने यो पाँच दलको गठबन्धनभित्र सम्मानजनक ढंगले गठबन्धन हुँदै भएन । त्यो नभएको हुनाले हामी असन्तुष्ट छौं । त्यो असन्तुष्टि हामीले पाँचदल भित्र पनि राखेका छौं । हामी आफैं पनि समिक्षा गर्दैछौं । अव हामी ठ्याक्कै यो समिक्षाको बीचमा छौं । समिक्षा गरिसकेपछि अव के के निस्कन्छ, त्यस आधारमा हामी तपाईहरुसँग फेरी कुरा गर्दछौं ।’

सम्मानित नेता खनालले वामपन्थी दलहरुबीचको एकता तत्कालका लागि आवश्यक भएपनि मेजर दलका नेताहरुका कारण सो सम्भावना निकै कमजोर हुने पुगेको तर्क समेत गर्नु भयो ।