२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामपन्थी आन्दोलनका मुल नेताहरु नै वाम एकताको पक्षमा छैनन् – झलनाथ खनाल



file
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मुल नेताहरु नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गर्नु भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद भवन पुग्नुभएका सम्मानित नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वाम एकता मलुकको आवश्यकता भएको पनि बताउनु भयो । वाम एकता आवश्यक भएपनि वामपन्थी आन्दोलनका मुल नेता भन्नेहरुनै एकताको पक्षमा नरहेको उहाँको गुनासो थियो । खनालले नेताहरुले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझेसम्म एकता सम्भव नहुने स्पष्ट पार्नु भयो । उहाँले भन्नुभयो – ‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो । तर वामपन्थी आन्दोलनका आफुलाई मुल भन्ने नेताहरु जुन छन् नि ति नेताहरु एकताको पक्षमा छैनन् । त्यसकारणले नेताहरुले एकताको आवश्यकता किन हो ? यसको ऐतिहासिकता के हो ? भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिबेला सम्म वामपन्थी एकता सम्भव नै हुँदैन ।’

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदै खनालले बजेटमाथि छलफल भइरहेको बेलामा सांसदहरुको न्यून उपस्थिति हुनु राम्रो नभएको बताउनुभयो । संसदलाई उपेक्षा गरेमा नराम्रा परिणामहरु आउने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘यो राजनीतिक पार्टीहरुले र स्वयम् सांसदहरुले संसदलाई कसरी हेर्नुहुन्छ, त्यसको महत्वलाई कसरी बुझ्नुहुन्छ, त्यहाँ हुने बहश, छलफल र आफैले पनि त्यसमा सहभागी हुने कुराको महत्वलाई कत्तिको गम्भिरतापुर्वक लिनुहुन्छ भन्ने कुरा माथि पनि निर्भर गर्छ । यसरी संसदप्रति उपेक्षा गरिनु राम्रो होइन । उपेक्षा गर्दै गयो भने यसले धेरै नराम्रा परिणामहरु ल्याउन सक्छ ।’