१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

विद्रोह गरेर गएका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन विप्लवको आह्वान

विद्रोह गरेर गएका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन विप्लवको आह्वान
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आह्वान गर्नुभएको छ ।

शुक्रबार केन्द्रीय समितिको १३ औँ पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न काठमाडौँमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेका पूर्वसचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला कञ्चन र हेमन्तप्रकाश वली सुर्दशनलाई पार्टीमा फर्किन आव्हान गर्नुभएको हो । गल्ती स्वीकार गरेर आत्मआलोचना गरी पार्टीमा फर्किन उहाँले आग्रह गर्नुभयो । उहाँले बास्तोला र कञ्चनले गठन गरेको पार्टीको डकुमेन्टमा कुनै नयाँ कुरा नभएको उल्लेख गर्दै उत्तेजना र कुण्ठाबाट क्रान्ति नहुने बताउनुभयो । महासचिव विप्लवले नेपालको क्रान्तिकारी आन्दोलनलाई गोलबन्द गर्न सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सबै कुराहरुलाई केन्द्रीत गर्दै राष्ट्रिय स्वाधिनताको आन्दोलन चलाउने । हाम्रा ६ दलका मित्रहरुसँग सहकार्य गर्ने । ठिक छ, आउनुस् सुर्दशन र कञ्चनजीलाई पनि हामीले भन्यौँ गल्तीहरु स्वीकार्नुस् । मान्छेबाट गल्ती हुन्छ । तपाईहरु गल्तीबाट आत्मआलोचना गर्नुस् । बाहिर जे जति बबन्डर मच्चाउनु भएको छ, त्यो फेर्नुस् । सुध्रिनुस् । मैले हेरेँ, चितवनबाट उहाँहरुले डकुमेन्ट निकाल्नुभएछ । मैले दाँजेर पढे । उहाँ बडो क्रान्ति गर्न गएको । के छ चितवनको डकुमेन्टमा ? एउटा केही पनि फरक छैन । कार्यक्रम – समाजवादी । हामीले पास गरेकै छौँ । रणनीति – समाजवाद प्राप्त गर्ने । हामीले महाधिवेशनबाट परित गरेरै आएका छौँ । कार्यदिशा – एकिकृत जनयुद्ध । व्याख्या हेर्नुभयो भने एकिकृत जनक्रान्तिको सुस्पष्ट व्याख्या जो छ हाम्रो यो पनि त्यो पनि जस्तो मान्छे हुनुहुन्छ, त्यस्तै थुपार्नु हुन्छ ।

नेताहरुको स्वभाव अनुसार त्यो देखिएको छ । कार्यनीति हे¥यो – स्वाधिन संयुक्त सरकार । हामीले त भनेकै छौँ नि प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह, वैज्ञानिक समाजवाद । खोई कहाँ जाने हो तपाईहरु ? त्यसैले आवेगबाट । एकछिन उत्तेजनाबाट, कुण्ठाबाट । त्यसरी हुँदैन आन्दोलन । नेपालमा त सयवटा भन्दा बढी पार्टीहरु छन् एउटा थप्ने कुरा ठुलो होइन । तर नेपाली जनतालाई नेतृत्व गर्ने । होल नेपालको क्रान्तिकारी आन्दोलनलाई गोलबन्द गरेर लिएर जानेकुरा हामी सबैले त्यहाँ ध्यान दिनुपर्छ । असहिष्णुता, कुण्ठा, प्रतिशोध बोकेर हिड्ने नेताले आफ्नै परिवारलाई पनि मिलाउन सक्दैन । यो कुरा निश्चित हो । कमि कमजोरीहरु सच्याउनुस् । फर्किनुस् । त्यो सम्भव छैन ।’

महासचिव विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताको कुरा गरिराख्ने भन्दै प्रचण्डलाई पनि पुरानो ठाउँबाट फर्किन आग्रह गर्नुभयो । उहाँले माओवादी जनतालाई मलमल र भुमरीमा नफसाई परिवर्तनतिर लैजाने गरी आएमा आफुहरु एकताका लागि तयार रहेको बताउनुभयो । उहाँले लहैलहैमा लागेर पार्टी छाडेका कार्यकर्ताहरुलाई पनि पार्टीमा फर्किन अपील गर्नुभयो । उहाँले भन्नुभयो – ‘प्रचण्डजीलाई पनि हामीले भनेका थियौँ, उहाँ एकताको कुरा गरिराख्नु हुन्छ । तपाई पुरानो ठाउँबाट फर्किनुस् न । माओवादी केन्द्र सँगका साथीहरुसँग साच्चिकै छलफल हुन्छ । तपाईहरु पुरानो ठाउँबाट फर्किनुस् ।

नेपाली जनतालाई पछाडीतिर धकेल्ने होइन । नेपाली जनतालाई अलमल र भुमरीको चक्करमा फसाउने होइन । निकासतिर, परिवर्तनतिर लैजाने गरी आउनुस् । हामी तयारै छौँ । किरणजी आउनुस् हामी तयार नै छौँ । तपाईहरु पनि सुध्रिनुस् । तपाईहरु सुध्रिनु हुन्न भने तपाईहरुको अन्त्यलाई भगवानले पनि बचाउन सक्दैन भन्याजस्तै कुरा हो । त्यसैले त्यसरी जानु हुँदैन । म यहाँबाट अपिल पनि गर्न चाहान्छु, जे जति साथीहरुले त्रुटी गर्नुभएको छ, कमीकमजोरीहरु भएका छन् । त्यसलाई सच्याउनुपर्छ । लहैलहैमा लागेका कयौँ इमान्दार साथीहरु हुनुहुन्छ । निकास नभएको बाटोमा यात्रा गर्नु हुदैन । हामी रुपान्तरित हुनुपर्छ । एक ठाउँमा जुट्नु पर्छ । सब एकतावद्ध बनौँ ।’

नेपाल कम्युनिष्ट पार्टीले आगामी असोज १ गतेदेखि ८ गतेसम्म काठमाडौंमा नवौँ महाधिवेशन गर्ने भएको छ । महाधिवेशन अगाडी भदौ ५ गतेसम्म वडा र पालिका सम्मेलन तथा भदौ १५ गतेभित्र जिल्ला सम्मेलन सम्पन्न गरिने जनाइएको छ ।