१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

सगरमाथामा स्थापित नयाँ स्वचालित मौसम केन्द्रले जलवायु विश्लेषण थप भरपर्दो

सगरमाथामा स्थापित नयाँ स्वचालित मौसम केन्द्रले जलवायु विश्लेषण थप भरपर्दो
अ अ+ अ-

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथामा नयाँ स्वचालित मौसम मापन केन्द्र जडान गरेसँगै त्यहाँको तापक्रम, आद्रता, वायुमण्डलको चाप तथा हावाको चाप तथा गतिको तथ्याङ्क सङ्कलन र तत्कालीन समय सहजरुपमा सम्प्रेषण भइरहेको छ ।

सगरमाथाको नेपालतर्फको भागमा आठ हजार ८१० मिटर उचाइमा अवस्थित ‘बिसप रक’ मा नयाँ स्वचालित मौसम मापन केन्द्र जडान कार्य गत वैशाख २६ गते सम्पन्न भएको थियो । जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग, त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको राष्ट्रिय भौगोलिक समाज ९एनएसजी०को सहकार्यमा सो केन्द्र जडान गरिएको हो ।

यसअघि सन् दुई हजार १९ मा सगरमाथा क्षेत्रमा विभिन्न उचाइमा रहेका पाँच स्थान (फोन्र्से– तीन हजार ८१० मि, सगरमाथा बेस क्याम्प– पाँच हजार ३१५ मि, साउथ कोल–सात हजार ९४५ मि र बाल्कोनी–आठ हजार ४३० मि) मा स्वचालित केन्द्र जडान गरिएको थियो ।

यसैको निरन्तरतास्वरुप सन् २०२६ सम्म निरन्तर मर्मतसम्भार र तथ्याङ्क सङ्कलन कार्यका लागि नेपाल सरकार, त्रिवि र एनएसजीसँग भएको सम्झौताअन्तर्गत ‘रिटर्न टु एभरेष्ट’ अभियानद्वारा चार केन्द्रको मर्मतसम्भार र बाल्कोनी केन्द्रलाई ‘बिसप रक’मा स्थानान्तरण गरिएको हो ।

ती केन्द्रको सञ्जालबाट नियमितरुपमा ती स्थानको तापक्रम, आद्रता, वायुमण्डलको चाप तथा हावाको चाप तथा गतिको तथ्याङ्क सङ्कलन र तत्कालीन समय सहज रुपमा सम्प्रेषण भइरहेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले जानकारी दिनुभयो ।

अमेरिकाको अप्लाचेन स्टेट विश्वविद्यालयका डा बेकर पेरीले नेतृत्व गर्नुभएको यो अभियान सम्पन्न गर्न शेर्पा समुदायको उल्लेखनीय सहयोग रहेको उहाँले बताउनुभयो । शेर्पाहरुको स्थानीय भूगोल, जलवायु र पर्वतारोहणसम्बन्धी विशिष्ट ज्ञान तथा लामो अनुभवले ती केन्द्रहरुको नियमित मर्मतसम्भार र विषम भूगोलमा नयाँ केन्द्र स्थापनाका लागि योगदान पुगेको छ ।

तेन्जिङ ग्याल्जेन शेर्पाको नेतृत्वमा १२ जना क्लाइम्बिङ शेर्पा, नेपाली जलवायु वैज्ञानिक अरबिन्द्र खड्का र एनजिएस अन्वेषक टम म्याथ्युजले ‘बिसप रक’ मा केन्द्र स्थापना कार्य सम्पन्न गर्नुभएको हो ।

यस नविन कार्यले सन् २०१९ मा सुरु गरिएको सगरमाथा क्षेत्रको सबैभन्दा महत्वाकाङ्क्षी वैज्ञानिक कार्यमा अर्को कोसेढुङ्गा थपिएको यस क्षेत्रका जानकारको भनाइ छ । आगामी दिनमा ती केन्द्रको नियमित सञ्चालन र मर्मतसम्भार तथा प्राप्त तथ्याङ्कबाट सगरमाथा क्षेत्रको जलवायु विश्लेषण र थप भरपर्दो मौसम पूर्वानुमान सम्प्रेषण यस सहकार्यको मुख्य प्राथमिकता रहेको महानिर्देशक जोशीले बताउनुभयो ।

अभियान टोलीका सदस्यमा एनजिएसका अन्वेषक डा पेरी र म्याथ्युज, पर्वातारोहण पिटर एथेन्स र दावा याङेजुम शेर्पा, नेपाल जलवायु वैज्ञानिक खड्का, तेन्जिङ ग्याल्जेन शेर्पाको नेतृत्वमा रहेको क्लाइम्बिङ शेर्पा हुनुहुन्थ्यो । क्लाइम्बिङ शेर्पाहरुमा तेन्जिङ ग्लाल्जेन शेर्पा (सरदार), फू टाशी शेर्पा, ल्हाक्पा छिरिङ शेर्पा, इला नुरु शेर्पा, कामी तेम्बा शेर्पा, ल्हाक्पा नुरु शेर्पा, ङिमा नुर्बु शेर्पा, निमा छिरि शेर्पा, निमा कान्छा शेर्पा, पासाङ कामी शेर्पा, कान्छा नुरु शेर्पा, ङिमा नाम्ग्याल शेर्पा र मिङग्मा नुरु शेर्पा रहनुभएको विभागले जनाएको छ ।

साथै बेस क्याम्पसम्म केन्द्र मर्मत कार्यका लागि त्रिविको केन्द्रीय जल तथा मौसम विज्ञान विभागबाट सदस्य डा दिवस श्रेष्ठ, विभागबाट सुवास तुलाधर, निरजशङ्कर प्रधानाङ्ग र निराकार थापा सहभागी हुनुहुन्थ्यो ।

यसैगरी नेपाल सरकारले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परिरहेको असरको वैज्ञानिक अध्ययन अनुसन्धान गर्न हाल सञ्चालित नौ हिम केन्द्रलाई पूर्ण स्वचालित रियल टाइम प्रणालीमा स्तरोन्नति गर्ने भएको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परिरहेको असरको वैज्ञानिक अध्ययन अनुसन्धान गर्नका साथै हिम मौसमी प्रणालीको निरन्तर अनुगमन गर्न हिम केन्द्रलाई स्तरोन्नति गर्न लागिएको विभागले जनाएको छ । रासस