२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन खर्च बुझाउन आग्रह



अ+ अ-

बैतडी । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा भाग लिएका उम्मेदवारलाई चुनावमा भएको खर्च विवरण बुझाउन आग्रह गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय बैतडीले एक सूचना जारी गर्दै सबै दलका उम्मेदवारलाई चुनावमा भएको खर्च विवरण पेस गर्न भनेको हो । उम्मेदवारले निर्वाचन मतपरिणाम सम्पन्न भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्च विवरण बुझाउनुपर्ने प्रावधान रहेकाले सोहीअनुसार खर्च विवरण बुझाउन आग्रह गरिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयालले बताउनुभयो । ३० दिनभित्र चुनावमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कानुनअनुसार कारबाही हुने जनाइएको छ । यसका साथै खर्च नबुझाउने उम्मेदवारले अर्को पटक हुने निर्वाचनका उम्मेरवार भएर खर्च नबुझाएको भन्ने उजुरी आएमा उम्मेदवारी रद्दसमेत हुनसक्छ ।

चुनावमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदका सबै उम्मेदवारले खर्च विवरण पेश गर्नुपर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उम्मेदवारले आफू स्वयं उपस्थित भएर अथवा प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

बैतडीमा पालिका चुनावमा एक हजार ४०८ उम्मेदवार रहेका थिए । जसमध्ये ४४० जनप्रतिनिधिका रुपमा छनोट भएका छन् । स्थानीय तहको निर्वाचनका लागि बैतडीमा १५ दल दर्ता भएका थिए ।