१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

हावाहुरीले गलकोटस्थित ऐतिहासिक कोतघरमा क्षति

हावाहुरीले गलकोटस्थित ऐतिहासिक कोतघरमा क्षति
अ अ+ अ-

बागलुङ । हावाहुरीले गलकोट नगरपालिका–३ स्थित ऐतिहासिक गलकोट कोतघरमा क्षति पुर्याएको छ । केही दिनअघि आएको हावाहुरीका कारण रुख ढल्दा कोतघरको गारो र छानो भत्किएको हो ।

कोतघर पूजा व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर खत्रीका अनुसार सल्लाको हाँगाले कोतघरको दक्षिणपट्टिको भागमा क्षति पुगेको हो । “सिङ्गै रुख कोतघरमाथि परेका भए झन ठूलो क्षति निम्तने थियो”, उहाँले भन्नुभयो । चौबिसे राज्यका पालाको उक्त कोतघर रुग्ण अवस्थामा छ । विसं २०४० तिर पुनःनिर्माण गरिए पनि फेरि जीर्णोद्वार गर्नुपर्ने स्थिति छ ।

“यसै त कोतघर धेरै पुरानो भइसक्यो, भूकम्पले पनि चर्काएको थियो”, अध्यक्ष खत्रीले भन्नुभयो, “संरचना कमजोर भइसकेकाले सामान्य मर्मतसम्भारले मात्र हुँदैन, पुनःनिर्माण नै गर्नुपर्छ ।” उहाँले बर्सातका बेला कोतघरमा थप क्षति हुन नदिन बाहिरी सुरक्षा र सामान्य मर्मतको काम थालिएको बताउनुभयो । अध्यक्ष खत्रीले कोतघरका लागि दीर्घकालीन संरक्षण योजना चाहिएको उल्लेख गर्नुभयो ।

वडा नं ३ का अध्यक्ष फमबहादुर खत्रीले कोतघरको पुनःनिर्माणका लागि नगरमार्फत गण्डकी प्रदेशको पर्यटन तथा संस्कृति मन्त्रालय र सङ्घ सरकारसँग सहयोग माग गरिएको बताउनुभयो । ऐतिहासिक र पुरातात्विक महत्वको भएकाले कोतघरको पुनःनिर्माण त्यसैअनुसार गर्नुपर्ने उहाँको भनाइ छ ।

यसअघि पनि नगरकै लगानीमा कोतघर संरक्षण योजनाले गति लिएको भन्दै वडाध्यक्ष खत्रीले अहिले पनि त्यसलाई प्राथमिकतामा राखिने बताउनुभयो । आव २०७६/७७ मा कोतघरलाई नगर गौरवको योजनामा समेटेर संरक्षण र विकासको काम थालिएको थियो ।

कोतघरलाई आकर्षक सम्पदास्थलका रुपमा चिनाउने लक्ष्यसहित नगरपालिका संरक्षणमा जुटेको हो । नगरपालिकाको पहलमा कोतघरको मर्मतसम्भार, हातहतियार प्रतिस्थापन, घेराबार, पदमार्ग, खानेपानी, शौचालयलगायत संरचना बनेका छन् ।

कोतघरको बृहत् जीर्णोद्धारका लागि नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि तयार पारेको छ । नगरप्रमुख भरत शर्मा गैरेले कोतघरलाई ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने गरी पूर्वाधार बनाइने बताउनुभयो । उहाँले हटिया बजार (मध्यपहाडी पुष्पलाल लोकमार्ग) देखि कोतघर जोड्ने पहुँच मार्ग कालोपत्रका लागि पनि डिपिआर बनेको उल्लेख गर्नुभयो ।

जीर्णोद्वार या पुनःनिर्माण गर्दा कोतघरको ऐतिहासिकता र मौलिकता जोगाइने नगरप्रमुख गैरेको भनाइ छ । उक्त कोतघरबाट विसं १६३१ देखि १८४४ सम्म मल्ल राजाले स्वतन्त्र राज्य चलाएका थिए । गलकोट राज्यका पहिला राजा जितारी मल्लले कोतघर बनाएको इतिहासमा उल्लेख छ ।

राजाले त्यहाँ दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाल आदि निर्माण गरेका थिए । कोतघरले झण्डै सात रोपनी जग्गा चर्चेको छ । कोतघरसँगै इष्टदेवी र भगवतीको मन्दिर पनि छ ।