२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा ‘एक विद्यालय एक स्वास्थ्यकर्मी’



अ+ अ-

जाजरकोट । कर्णाली प्रदेशका १० जिल्लामा कार्यान्वयन हुन लागेको ‘एक विद्यालय एक स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन गर्न कार्यविधि स्वीकृत भएको छ । कर्णाली प्रदेश सरकारले उक्त कार्यविधि स्वीकृत गरेको हो ।

सामाजिक विकास मन्त्रालयले यो कार्यक्रम कार्यान्वयन गर्नेछ । माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन हुने मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले बताउनुभयो ।पहिलो चरणमा १०० माध्यमिक विद्यालयमा मात्र यो कार्यक्रम सञ्चालन हुने उहाँले बताउनुभयो । विद्यालयमा रहेका विद्यार्थीको पोषणको अवस्थादेखि अन्य कुराको नियमित कुरा समावेश गरिएको उहाँले बताउनुभयो ।

प्रदेशभरि १५ अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र १४, स्वास्थ्यचौकी ३३३, सामुदायिक स्वास्थ्य इकाइ ५५, सहरी स्वास्थ्य केन्द्र २१, गाउँ घर क्ल्लिनिक १०३५, खोप क्ल्लिनिक, आधारभूत स्वास्थ्य सेवा केन्द्र ११० र बर्थिङ सेन्टर ३१८ छन् । त्यस्तै माइक्रोस्कोपी केन्द्र ४३, माइक्रोस्कोपी केन्द्र ४३, एआरटी केन्द्र पाँच, क्षयरोग उपचार केन्द्र ३६१ र आयुर्वेद अस्पताल/केन्द्र १८ छन् ।