४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

लालबन्दीबाट एक महिनामा १९ करोडको तरकारी निकासी

लालबन्दीबाट एक महिनामा १९ करोडको तरकारी निकासी
अ+ अ-

सर्लाही । सर्लाहीको लालबन्दीबाट मात्रै एक महिनामा करिब रु १९ करोडको तरकारी निकासी भएको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यावस्थापन समितिमार्फत सञ्चालित तरकारी बजारबाट एक महिनामा उक्त रकम बराबरको तरकारी निकासी भएको हो ।

वैशाख महिनामा मात्र रु १८ करोड ९९ लाख ४० हजार ६३० को तरकारी निकासी भएको समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाखमा निकासी भएको तरकारीमध्ये सबैभन्दा धेरै गोलभेँडा निकासी भएको हो ।

समितिका अनुसार उक्त महिनामा गोलभँेडा मात्रै रु नौ करोड ४७ लाख ४३ हजारको निकासी भएको हो । त्यसपछि बोडी रु एक करोड ९४ लाख ७९ हजारको निकासी भएको छ ।

लालबन्दी, ईश्वरपुर, हरिवन नगरपालिकालगायत छिमेकी नगर र गाउँपालिकाबाट समितिद्वारा सञ्चालित तरकारी बजारमा तरकारी आउने गरेका छन् । गोलभेँडा, टमाटर, पर्वल, सिमी, भिण्डी, काउली, बन्दा, भान्टा, घिराँैला, झिम्नी, लौका, फर्सी, मुन्टा, करेला र मूलालगायत तरकारी लालबन्दीबाट देशका विभिन्न स्थानमा जाने गरेको समितिले जनाएको छ ।

जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिवन नगरलगायत छिमेकी नगरपालिका र गाउँपालिकाका स्थानीयवासीले करिब एक हजार बिघाभन्दा बढी क्षेत्रमा उत्पादन गरेको तरकारी लालबन्दी आउने गरेको र सोही तरकारी देशका विभिन्न स्थानमा निकासी हुने गरेको समितिका अध्यक्ष तोरणबहादुर मगरले बताउनुभयो ।

जिल्लाका स्थानीय किसानले व्यावसायिकरुपमा उत्पादन गरेको तरकारी काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणघाट, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, रामेछाप, सिन्धुली, सुनसरी र विराटनगरका साथै छिमेकी देश भारतका विभिन्न स्थानमासमेत जाने गरेको अध्यक्ष मगरको भनाइ छ ।

तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसान व्यावसायिकरुपमा तरकारी खेतीप्रति आकर्षित हुँदै आइरहेका छन् । परम्परागत अन्नबाली छाडेर व्यावसायिक तरकारीखेती गर्दै आइरहेका जिल्लाका किसानले करिब एक हजार बिघाभन्दा बढी जमिनमा तरकारीखेती गर्ने गरेका कृषि ज्ञान केन्द्र सर्लाहीका कार्यालय प्रमुख कमलदेव प्रसाद कुशवाहले बताउनुभयो ।

विगतमा घरपरिवार पाल्न भारतका विभिन्न ठाउँका साथै खाडी मुलुकमा मजदूरीका लागि जाने किसान अहिले तरकारीखेतीमा किसान रमाइरहेका छन् भने तरकारीखेतीले किसानको जीवनस्तरमा निकै परिवर्तन ल्याएको छ ।

जिल्लाका गाउँगाउँमा सडक विस्तार भएपछि व्यापारी तरकारी बारीमै पुगेर तरकारी खरिद गर्ने गरेका किसान रामपुकार महतोले बताउनुभयो । तरकारी उत्पादनबाट गाउँमा बर्सेनि चार/पाँच करोड रुपैयाँ भित्रिने गरेको भए पनि भण्डारणको व्यवस्था नहुँदा समस्या भएको लालबन्दीका किसानको गुनासो छ ।

गाउँका सबैजसोले तरकारी उत्पादन गर्ने गरेका र यहाँ उत्पादन भएको तरकारी जैविक तरकारी भएकाले देशका ठूला सहरमा समेत जाने गरेको कृषि विज्ञको भनाइ छ ।