२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालसँग कतार ७९ रनले पराजित



अ+ अ-

काठमाडौँ । नेपालले आइसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा कतारलाई ७९ रनले पराजित गरेको छ ।

मलेसियाको यूकेएम ओभलमा आज नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतार १५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ३८ रनमा समेटियो । कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले समान १४/१४ रन जोडिन ।

कतारलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सृष्टि जैशीले तीन विकेट लिइन् । यस्तै अनु कडायत, कृतिका मरासिनी र स्नेहा महराले दुई/दुई विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा तीन विकेट गुमाएर ११७ रन बनाएको थियो । नेपालका लागि आश्मा पुलामी मगरले अविजित रहँदै ३२ रन बनाए । यस्तै सृष्टि जैशीले अविजित २३, सानु राजवंशीले २१ तथा अन्जली विश्वकर्माले ११ रन जोडे । किरणकुमारी कुँवरले एक रन मात्र बनाइन् ।

बलिङतर्फ कतारकी साची ढड्वाल र अलिना खानले १/१ विकेट लिए । छनोटमा नेपालसहित, आयोजक मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्याण्ड, भुटान र कतार छन् । अब नेपालले दोस्रो खेल युएईविरुद्ध शनिबार खेल्नेछ ।