१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

भक्तपुर जिल्ला समन्वय समितिका लागि नेमकिपा निर्णायक

भक्तपुर जिल्ला समन्वय समितिका लागि नेमकिपा निर्णायक
अ अ+ अ-

भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरको निर्वाचन यही जेठ २८ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही १९ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै २३ गते उम्मेदवारी दर्ता र २८ गते निर्वाचन गर्ने जानकारी दिएको छ ।

मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले १९ गते मतदाता नामावली प्रकाशनसँगै निर्वाचन प्रक्रिया सुरु भएको र निर्वाचन तालिकाअनुसार सबै प्रक्रिया पूरा गरेर २८ गते निर्वाचन गरी सोही दिन मतगणना गरी घोषणा गरिने जानकारी दिनुभयो । आगामी पाँचवर्षे कार्यकालका लागि हुने निर्वाचनमा यसपटक नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निर्णायक हुने भएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)को बराबर मतभार भएपछि नेमकिपा निर्णायक हुने भएको हो ।

भक्तपुरका चार नगरपालिकामा प्रमुख र उपप्रमुख गरी आठ जनाले मतदान गर्न पाउने व्यवस्था छ । एमाले तीन, कांग्रेस दुई, नेमकिपा दुई र नेकपा (माओवादी केन्द्र)को एक मतदाता छन् । अहिलेकै अवस्थामा गठबन्धनमा रहेका कांग्रेस र माओवादी मिल्दा तीन मत हुने हुँदा एमाले र गठबन्धनबबीच बराबर मतभार रहन्छ । यस्तो अवस्थामा दुई मतभार रहेको नेमकिपा निर्णायक हुने भएको हो ।

नेमकिपा निर्णायक हुने भएपछि कांग्रेस र एमालेको जिल्ला नेतृत्व तहले जिससमा सहकार्य गरेर जान नेमकिपासँग छलफल अगाडि बढाएका छन् । कांग्रेस जिल्ला सभापित दुर्लभ थापाले कसैको बहुमत नभएको अवस्थामा जिससमा सबै मिलेर जान सके राम्रो हुने भन्दै यसका लागि दुई–तीन चरणमा छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेमकिपासँग छलफल भइरहेको छ, एमालेसँग पनि यसबारेमा छलफल भइरहेको छ ।” एमाले जिल्ला अध्यक्ष बचत देउजाले पनि नेमकिपासँग छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेमकिपाको स्पष्ट धारणा आएको छैन ।”

एमाले र कांग्रेसले नेमकिपालाई जिसस प्रमुखसहित सदस्य दिने र उपप्रमुखसहित केही सदस्य आफ्नो पार्टीले लिने गरी प्रस्ताव राखेको बताइएको छ । नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले जिससमा समन्वय गरेर जानेबारेमा कांग्रेस र एमालेसँग कुनै छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म यसबारेमा मसँग कांग्रेस, एमालेका कोही पनि नेताको कुरा भएको छैन, पार्टीमा छलफल गरी निर्णय गछौँँ ।” विसं २०७४ मा जिससको निर्वाचनमा कांग्रेसको उम्मेदवारी नपरेपछि पाँच मत रहेको एमाले र दुई मत रहेको नेमकिपाबीच निर्वाचन भएको थियो ।