३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले जनसङ्गठन संयन्त्रको समीक्षा



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को जनसङ्गठन समन्वय संयन्त्रको बिहीबारको बैठकमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको अवस्थाबारे समीक्षा भएको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पार्टीको अपेक्षित परिणाम नआउनुमा आन्तरिक समस्या पनि कारण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनताले नेकपा (एमाले) लाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् । हामी जनताप्रति आभारी छौँ । समस्या हामीभित्रै देखिएको छ । आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुवैले हार्ने स्थिति बन्यो ।

नेताहरूबीच मेल भएन, टिम स्पिरिट भएन । यथार्थमा पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपिएको छ ।” बैठकमा पार्टीका नेता, २२ जनसङ्गठनका, इञ्चार्ज र सहइञ्चार्ज तथा अध्यक्षको उपस्थिति थियोे ।