४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बजेट शेयर बजारमैत्री, नेप्से परिसूचक १११ अङ्कले ओरालो

बजेट शेयर बजारमैत्री, नेप्से परिसूचक १११ अङ्कले ओरालो
अ+ अ-

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा धितोपत्रको दोस्रो बजार तथा यससम्बन्धी संरचनालाई थप प्रतिस्पर्धी बनाउने विषयलाई महत्वका साथ समावेश गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले यही जठ १५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९/ ८० को बजेटमा पुँजी बजारको विस्तार र विविधीकरण गरी सम्भावित जोखिम न्यूनीकरण गरी आम लगानीकर्ताको हकहित संरक्षण गर्ने विषय समावेश छ ।

बजेटले शेयर बजारको विकास र विस्तारमा जोड दिएको भए पनि कारोबार मापक नेप्से परिसूचक भने लगातार ओरालो लागिरहेको छ ।

यस साता शेयर कारोबार भएका चार दिनमा लगातार बजार ओरालो लागेको छ । आइतबार गणतन्त्र दिवसको सार्वजनिक बिदाका कारण शेयर कारोबार भएन ।

सोमबारदेखि बिहीबारसम्म आइपुग्दा चार कारोबार दिनमा नेप्से परिसूचक १११ अङ्कले ओरालो लागेको छ । बजेट सार्वजनिक भएको दोस्रो दिन अर्थात् जेठ १६ गते सोमबार शेयर बजार ५० अङ्कभन्दा बढीले ओरालो लाग्यो । जेठ १७ गते मङ्गलबार ३५.५२ अङ्कले घट्यो । त्यस्तै १८ गते बुधबार ७.१९ अङ्कले ओरालो लाग्यो । आजसम्म आइपुग्दा नेप्से परिसूचक १८.२६ अङ्कले ओरालो लागेको छ ।

बजेटमा धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानूनी व्यवस्था मिलाउने, वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्काशनमा १० प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था मिलाइएको छ ।

वस्तु विनिमय बजार र यसका पूर्वाधार सञ्चालनमा ल्याउने तथा संस्थागत तथा सरकारी ऋणपत्रको दोस्रो बजार कारोबारलाई व्यवस्थित गरी ऋणपत्र बजारको विकास गर्ने कार्यक्रम बजेटमा समावेश छ ।

त्यस्तै उद्यमशीलता तथा नवप्रवर्तनलाई प्रवद्र्धन गर्न प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटललाई सञ्चालन अनुमति दिइ सहजीकरण गर्ने कार्यक्रम बजेटमा उल्लेख छ ।

रु एक अर्ब वा सोभन्दा बढीको पुँजी वा रु पाँच अर्बभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोतको उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीलाई धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्थालाई बजेटले विशेष प्राथमिकता दिएको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघु बिमा सहयोग कार्यक्रमको दायरा विस्तार गर्ने, निक्षेप बिमाको विद्यमान सीमा रु तीन लाखबाट वृद्धि गरी रु पाँच लाख पु¥याइएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १८.२६ अङ्कले ओरालो लागेर दुई हजार ११२.४७ अङ्कमा ओर्लेको छ ।

त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८१ अङ्कले ओरालो लागेर ४१०.६६ मा ओर्लिएको छ । कूल २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता शेयर रु एक अर्ब १६ करोड १५ लाख १४ हजार १६९ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोष उपसमूहको शेयर ०.०२ अङ्कले उकालो लागेको छ । त्यस्तै बैंकिङ ११.१२, व्यापार ४६.७२, होटल तथा पर्यटन १३.४१, विकास बैंक १९.१९, जलविद्युत् १३.६२, वित्त ५.६२, निर्जीवन बिमा १३८.१६, उत्पादन ४१.३६, अन्य २४.४३, लघुवित्त २९.४२, जीवन बिमा १४६.६२ र लगानी ०.६२ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा माउण्टेन हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु १२ करोड १२ लाख ५८ हजार ६९३ बराबरको कारोबार भयो । एनआइसी एशिया बैंक रु छ करोड ५४ लाख ६० हजार ८८९, नवील बैंक रु तीन करोड १८ लाख ५७ हजार २७२, हिमालयन डिस्टिलरी रु तीन करोड आठ लाख ६१ हजार ४८९ र शिखर इन्स्योरेन्स कम्पनी रु दुई करोड ८८ लाख ५० हजार ५६२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार बलेफी हाइड्रोपावर ९.९७, माउण्टेन हाइड्रोपावर ४.२०, उपकार लघुवित्त ४.०४, लुम्बिनी जनरल इन्स्योरेन्स ४.०१ र गुराँस लघुवित्तका लगानीकर्ताले ३.३६ प्रतिशतले कमाए ।

त्यस्तै प्रभु लाइफ इन्स्योरेन्स ६.४७, उन्नती सहकार्य लघुवित्त ४.८७, कर्पोरेट डेभलपमेन्ट बैंक ४.२३, प्रिमियर इन्स्योरेन्स ४.१८ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ४.०६ प्रतिशतले ओरालो लागेको छ ।