४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्न अर्थमन्त्रीको आग्रह

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्न अर्थमन्त्रीको आग्रह
file
अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट कार्यान्वयन गरेर आत्मनिर्भर र समाजवादोन्मुख सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न सबै पक्षसँग आग्रह गर्नुभएको छ । आगामी आवको बजेटका सन्दर्भमा नेपाल आर्थिक सङ्घ, बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल र अर्थ मन्त्रालयको सहकार्यमा आज आयोजित कार्यक्रममा उहाँले सबैको अपनत्व हुनेगरी बजेट ल्याइएको बताउनुभयो ।

“बजेट निर्माणपूर्व सरोकारवाला पक्षसँग छलफल तथा अन्तक्र्रिया गरी सरोकारवालाकै सुझाव, आवश्यकता, अपेक्षा र सिफारिसका आधारमा बजेट निर्माण गरिएको हुँदा यो बजेट तपाईंहरूको हो, प्रतिनिधिका रुपमा मैले प्रस्तुति मात्रै गरेको हुँ”, अर्थमन्त्रीले भन्नुभयो, “मेरो क्षमताले भ्याएसम्म सबैका विषयलाई सम्बोधन गर्नेगरी बजेट बनाएको छु । अब सबैले स्वामित्व ग्रहण गरी प्रतिबद्ध भएर कार्यान्वयनतर्फ अग्रसर होऔँ ।”

अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्रमा केही चाप परेको अवस्था देखिएको भए तापनि विगतका बजेटको शृङ्खला अध्ययन गर्दै तथ्याङ्कीय हिसाबबाट बजेट सीमाभित्रै रहने गरी ल्याइएको बताउनु्भयो ।

उहाँले भन्नुभयो, “बजेट राजनीतिक–आर्थिक दस्तावेज पनि भएकाले केही महत्वकाङ्क्षा पनि बोकेको छ, तर प्राकृतिक स्रोतले भरिपूर्ण र अपार सम्भावना बोकेको हाम्रो देशमा बजेटले निर्देश गरेका विषयको कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्यौँ भने हाम्रो सपना सार्थक हुनेछ ।”

अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार डा सुरेन्द्र उप्रेतीले आमजनता र सरोकारवाला सबै क्षेत्रको अपेक्षा र आवश्यकता समेट्दै सबैलाई अपनत्व महशुस हुनेगरी बजेट आएको बताउनुभयो । अर्थशास्त्री तथा नेपाल आर्थिक सङ्घका अध्यक्ष प्रा डा विश्वम्भर प्याकु¥यालले बजेट समग्रतामा सकारात्मक भए तापनि राजस्व लक्ष्यप्राप्तिमा कठिनाइ हुने, मुद्रास्फिति र सार्वजनिक ऋण थप बढ्न सक्ने बताउनुभयो । “ऋण ३६ प्रतिशतबाट बढेर ४४।५ प्रतिशतसम्म पुगेको छ, तर विश्व बैंकको प्रतिवेदन अध्ययन गर्दा यस्तो ऋण ७७ प्रतिशतसम्म हुँदासम्म डराउन नपर्ने पाएको छु”, उहाँले भन्नुभयो, “योभन्दा बढी भएमा भने जोखिमको तह उच्च दरमा बढ्ने उल्लेख गरिएकाले विशेष ध्यान दिनुपर्दछ ।”

अर्थविद् डा पोषराज पाण्डेले बजेट नीतिगत प्रष्टता र आशा मात्रै जगाउने खालको देखिएको बताउनुभयो । अर्थविद् प्रा डा गोविन्द नेपालले बजेट समावेशी र रुपान्तरणकारी भएको र विभिन्न कार्यक्रम तथा परियोजनाको कार्यान्वयनका लागि गहिरो अध्ययन आवश्यक रहेको बताउनुभयो । गृहिणीदेखि वैदेशिक रोजगारीमा गएका नेपालीसम्मलाई समेत खुसी तुल्याउने गरी बजेट आएको उहाँको भनाइ छ ।

बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल अध्यक्ष पवनकुमार गोल्यानले कृषि, उत्पादन, रोजगारी, आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भई सकारात्मक सोचका साथ बजेट ल्याएकामा सरकारलाई धन्यवाद दिनुभयो । उहाँले तरलता अभावको समस्या समाधानका विषयमा भने ठोस योजना आउन नसकेको र कतिपय कर छुटका व्यवस्थाले निर्यात प्रवद्र्धनभन्दा पनि आयातलाई प्रश्रय दिने हो कि भन्ने शङ्का उत्पन्न गराएको बताउनुभयो ।