२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्न अर्थमन्त्रीको आग्रह



file
अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट कार्यान्वयन गरेर आत्मनिर्भर र समाजवादोन्मुख सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न सबै पक्षसँग आग्रह गर्नुभएको छ । आगामी आवको बजेटका सन्दर्भमा नेपाल आर्थिक सङ्घ, बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल र अर्थ मन्त्रालयको सहकार्यमा आज आयोजित कार्यक्रममा उहाँले सबैको अपनत्व हुनेगरी बजेट ल्याइएको बताउनुभयो ।

“बजेट निर्माणपूर्व सरोकारवाला पक्षसँग छलफल तथा अन्तक्र्रिया गरी सरोकारवालाकै सुझाव, आवश्यकता, अपेक्षा र सिफारिसका आधारमा बजेट निर्माण गरिएको हुँदा यो बजेट तपाईंहरूको हो, प्रतिनिधिका रुपमा मैले प्रस्तुति मात्रै गरेको हुँ”, अर्थमन्त्रीले भन्नुभयो, “मेरो क्षमताले भ्याएसम्म सबैका विषयलाई सम्बोधन गर्नेगरी बजेट बनाएको छु । अब सबैले स्वामित्व ग्रहण गरी प्रतिबद्ध भएर कार्यान्वयनतर्फ अग्रसर होऔँ ।”

अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्रमा केही चाप परेको अवस्था देखिएको भए तापनि विगतका बजेटको शृङ्खला अध्ययन गर्दै तथ्याङ्कीय हिसाबबाट बजेट सीमाभित्रै रहने गरी ल्याइएको बताउनु्भयो ।

उहाँले भन्नुभयो, “बजेट राजनीतिक–आर्थिक दस्तावेज पनि भएकाले केही महत्वकाङ्क्षा पनि बोकेको छ, तर प्राकृतिक स्रोतले भरिपूर्ण र अपार सम्भावना बोकेको हाम्रो देशमा बजेटले निर्देश गरेका विषयको कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्यौँ भने हाम्रो सपना सार्थक हुनेछ ।”

अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार डा सुरेन्द्र उप्रेतीले आमजनता र सरोकारवाला सबै क्षेत्रको अपेक्षा र आवश्यकता समेट्दै सबैलाई अपनत्व महशुस हुनेगरी बजेट आएको बताउनुभयो । अर्थशास्त्री तथा नेपाल आर्थिक सङ्घका अध्यक्ष प्रा डा विश्वम्भर प्याकु¥यालले बजेट समग्रतामा सकारात्मक भए तापनि राजस्व लक्ष्यप्राप्तिमा कठिनाइ हुने, मुद्रास्फिति र सार्वजनिक ऋण थप बढ्न सक्ने बताउनुभयो । “ऋण ३६ प्रतिशतबाट बढेर ४४।५ प्रतिशतसम्म पुगेको छ, तर विश्व बैंकको प्रतिवेदन अध्ययन गर्दा यस्तो ऋण ७७ प्रतिशतसम्म हुँदासम्म डराउन नपर्ने पाएको छु”, उहाँले भन्नुभयो, “योभन्दा बढी भएमा भने जोखिमको तह उच्च दरमा बढ्ने उल्लेख गरिएकाले विशेष ध्यान दिनुपर्दछ ।”

अर्थविद् डा पोषराज पाण्डेले बजेट नीतिगत प्रष्टता र आशा मात्रै जगाउने खालको देखिएको बताउनुभयो । अर्थविद् प्रा डा गोविन्द नेपालले बजेट समावेशी र रुपान्तरणकारी भएको र विभिन्न कार्यक्रम तथा परियोजनाको कार्यान्वयनका लागि गहिरो अध्ययन आवश्यक रहेको बताउनुभयो । गृहिणीदेखि वैदेशिक रोजगारीमा गएका नेपालीसम्मलाई समेत खुसी तुल्याउने गरी बजेट आएको उहाँको भनाइ छ ।

बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल अध्यक्ष पवनकुमार गोल्यानले कृषि, उत्पादन, रोजगारी, आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भई सकारात्मक सोचका साथ बजेट ल्याएकामा सरकारलाई धन्यवाद दिनुभयो । उहाँले तरलता अभावको समस्या समाधानका विषयमा भने ठोस योजना आउन नसकेको र कतिपय कर छुटका व्यवस्थाले निर्यात प्रवद्र्धनभन्दा पनि आयातलाई प्रश्रय दिने हो कि भन्ने शङ्का उत्पन्न गराएको बताउनुभयो ।