२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको प्रस्तावः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय भूमिकामा राजा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने धारणा व्यक्त गरेको छ ।

धुलिखेलमा बुधबार र बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री व्यवस्थामा जानुपर्ने र पूर्ण समानुपातिक संसद हुनुपर्ने प्रस्ताव अघि सारेको छ ।

यस्तै, अभिभावकीय भूमिकामा भने राप्रपाले राजा रहने व्यवस्था अघि सारेको छ ।

राप्रपाले केन्द्र र बलियो स्थानीय तह भए पुग्ने भन्दै प्रदेश आवश्यक नरहेको समेत धारणा राखेको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टीले गरेका यी प्रस्तावलाई अब संघीय निर्वाचनमा जोडदार रूपमा उठाउने बताए । केन्द्रीय समिति बैठकबाट यी प्रस्ताव पारित गरेर अघि बढ्ने उनको भनाई छ ।

कार्यसम्पादन समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन, नेताहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलगायत उपस्थित थिए ।

असारमा केन्द्रीय समिति बैठक बोलाउने र भदौ मसान्तभित्र सबै जनवर्गीय संगठनहरूको महाधिवेशन गर्ने निर्णय पनि भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।