२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गुणस्तरीय शिक्षाका लागि शिक्षक सवल बनाउनुपर्छ’



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका सदस्य गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाका लागि शिक्षक नै सवल बनाउनुपर्ने सुझाव दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्ति छलफलका विषयमा उहाँले समतामूलक पहुँचयोग्य र गुणस्तरिय शिक्षामा बढी ध्यान दिनुपर्ने सुझाव दिनुभएको हो ।

“विद्यालय शिक्षाको जिम्मा स्थानीय सरकारलाई दिने व्यवस्था छ, तर सोचेअनुसार हुनसकेको छैन”, सांसद पोखरेलले भन्नुभयो, “शिक्षकलाई सवल बनाउनुपर्छ भने विद्यालय प्रविधिमैत्री बनाउनुपर्छ ।” उहाँले प्राविधिक शिक्षामा संविधानको अवधारणअनुसार सिकाउने र पाठ्यक्रममा शिक्षा मन्त्रालय मानव संशाधन मन्त्रालयका रूपमा हेरिनुपर्ने सुझावसमेत दिनुभयो ।

स्वास्थ्य र शिक्षाका कुरामा आएको बजेट राम्रो भएको तर स्वास्थ्य बिमा कम्पनीलाई दिने कुरामा आफ्नो समर्थन हुन नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो कम्पनीलाई दिने कुरा कुनै कोणबाट हेर्दा पनि सन्तोजनक हुनसकेको छैन, यसलाई पुनरावलोकन गर्न म आग्रह गर्छु ।”

सांसद जीवनराम श्रेष्ठ र सूर्यनारायण यादवले बजेटले सबै क्षेत्रलाई समेटेको र कार्यान्वयन गर्न सुझाव दिनुभयो । बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल जारी छ ।