९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

न्यायपालिका जनआस्थामा आधारित संस्था : कामु प्रधानन्यायाधीश

न्यायपालिका जनआस्थामा आधारित संस्था : कामु प्रधानन्यायाधीश
अ अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिका जनआस्थामा आधारित संस्था भएको बताउनुभएको छ । जुम्लामा आज आयोजित उच्च अदालत सुर्खेत जुम्ला इजलास र जिल्ला अदालत जुम्लाको नवनिर्मित भवनको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले मुद्दा दर्तादेखि फैसला हुँदासम्म पूरा गरिने न्याय सम्पादनबाट सेवाग्राहीलाई मिल्ने सन्तुष्टिले न्यायपालिकाप्रतिको आस्था बढ्ने बताउनुभयो । सुदृढ न्यायपालिका बनाउन वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन भएको उहाँले जनाउनुभयो ।

“सर्वोच्च अदालतमा धेरै समस्या छन् । हामी सुधारको प्रक्रियामा छौँ र चाँडै त्यसको प्रतिफल आउँदैछ”, कामु प्रधानन्यायाधीश कार्कीले भन्नुभयो, “अब हामी छिटो छरितो र निष्पक्ष ढङ्गबाट काम होस् भनेर गोलाप्रथा वा मेसिनबाट पनि न्यायसम्पादनका कार्य गर्दैछौँ ।” अदालतको काम कारबाहीप्रति सेवाग्राहीको धारणा सन्तोषजनक नहुँदा अपेक्षित प्रतिफल नआउने भन्दै उहाँले उनीहरूप्रतिको हाम्रो दायित्व बोधले मात्र न्यायसम्पादन पूर्ण हुने जनाउनुभयो ।

वरिष्ठ न्यायाधीश कार्कीले मेहनत, इमान्दारिता र निष्ठाबाट हुने न्यायालयको कामले जनतामा विश्वास बढ्ने बताउनुभयो । जनताको सहजताका लागि मुद्दालाई वर्गीकरण गरिएको जनाउँदै वरिष्ठ न्यायाधीश कार्कीले सबैको सकारात्मक सहयोगबाट न्याय सम्पादनमा प्रभावकारिता बढ्ने तर्क गर्नुभयो ।

उच्च अदालत सुर्खेत जुम्ला इजलासका कायममुकायम न्यायाधीश शेषराज शिवाकोटीले गुणस्तरीय र प्रभावकारी न्याय सम्पादनका लागि भौतिक पूर्वाधारका साथै दक्ष जनशक्ति आवश्यक हुने जनाउनुभयो । कायममुकायम न्यायाधीश शिवाकोटीका अनुसार चालु चौथो योजनाले न्यायपालिकालाई सेवाग्राहीमैत्री बनाउनमा जोड दिएको छ ।

उद्घाटन कार्यक्रममा उच्च अदालत सुर्खेत इजलास जुम्लाका न्यायाधीश श्रीमणकुमार गौतमले २४ कोठे भवन रु तीन करोड २२ लाख १३ हजार लागतमा निर्माण भएको जनाउनुभयो । उहाँका अनुसार उक्त भवन डीएस पृथ्वी जेभी निर्माण कम्पनी, ललितपुरले निर्माण गरेको थियो ।

जिल्ला अदालत जुम्लाको २० कोठे भवन रु चार करोड २१ लख ४३ हजार ५०० लागतमा निर्माण भएको जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहले जानकारी दिनुभयो । उक्त भवन चन्द एण्ड वसन्त पुष्प जेभी निर्माण कम्पनीले निर्माण गरेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्की, चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायत, अधिवक्ता मीनबहादुरमहतलगायत वक्ताले न्याय सम्पादनमा कर्णालीवासीको सहज पहुँच हुने गरी न्यायाधीश र आवश्यक जनशक्तिको व्यवस्था मिलाउन कामु प्रधानन्यायाधीश कार्कीसमक्ष अनुरोध गर्नुभयो । कामु न्यायधीश कार्कीले हुम्ला, जुम्ला र कालीकोटमा नवनिर्मित भवनको आज उद्घाटन गर्नुभएको छ ।

उक्त कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावल, न्यायाधीश नसुरुल्लाह अन्सारी, सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थी, सह–रजिष्ट्रार बाबुराम दाहाल, २४ नं।कर्णाली बाहिनी जुम्लाका बाहिनीपति रामचन्द्र केसी, प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईं, सशस्त्र प्रहरी उपरीक्षक चित्राङ्गत दाहाल, प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दलगायतको सहभागिता थियो । रासस