२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय आयल कर्पोरेसनको नयाँ मूल्यसूची, आयल निगमलाई अझै ३ अर्ब बढी मासिक घाटा



अ+ अ-

काठमाडौंः नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसनले आज जेठ १८ गते नयाँ मूल्य सूची पठाएको छ । नयाँ मूल्य सूची अनुसार निगमलाई अझै पनि मासिक ६ अर्ब १५ करोड घाटा हुने निगमले जनाएको छ ।

नयाँ मूल्यसूची अनुसार, निगमलाई पेट्रोलमा प्रति लिटर २३ रुपैयाँ, डिजेलमा रु. २० तथा एलपी ग्यासमा प्रति सिलिन्डर रु. ७५१ घाटा हुने निगमले जनाएको छ ।

प्राप्त नयाँ मूल्यसूची अनुसार पाक्षिक रुपमा पेट्रोलमा रु. ६७ करोड, डिजेलमा रु. १ अर्ब ३० करोड र एलपी ग्यासमा रु. १ अर्ब ४३ करोड घाटा हुनेछ ।

निगमले जुन महिनाका लागि पहिलो किस्ता बापत रु. १६ अर्ब र बाँकी बक्यौता रु. १६ अर्ब गरी जम्मा रु. ३२ अर्ब भारतीय आयल कर्पोरेसनलाई आगामी जुन ८ तारिखमा भुक्तानी गर्नुपर्ने निगमको भनाई छ ।

यस आर्थिक वर्षको वैशाखसम्म निगमलाई रु. ४७ अर्ब नोक्सानी भइसकेको र आगामी असार मसान्तसम्म झण्डै रु. ६० अर्ब नोक्सानी हुने निगमका सहप्रवक्ता पुस्कर कार्कीले प्रकाशन गर्नु भएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले पुुर्वाधारमा लिँइदै आएको कर घटाउने निर्णय गरे पनि निगमले व्यहोर्दै आएको घाटा ठूलो रहेकाले तत्कालै पेट्रोलियम पदार्थमा मूल्य समायोजन गर्न नहुने निगमको भनाई छ ।

No photo description available.