९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

मुलुकको आर्थिक विकास र समृद्धिका लागि वन क्षेत्रको अधिकतम उपयोग गर्नुपर्नेः राष्ट्रियसभा अध्यक्ष

मुलुकको आर्थिक विकास र समृद्धिका लागि वन क्षेत्रको अधिकतम उपयोग गर्नुपर्नेः राष्ट्रियसभा अध्यक्ष
अ अ+ अ-

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि वन क्षेत्रको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनु भएको छ ।

विगतमा हामीले वनलाई धनको रुपमा परिणत गर्न सक्यौ वा सकेनौं भन्ने कुराको समिक्षा गर्दै मुलुकको आर्थिक विकासका लागि त्यसको अधिकतम उपयोग गर्न ढिलाई गर्न नहुने समेत स्पष्ट पार्नु भयो । सामूदायिक वन उपभोक्ता महासंघ, नेपालले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले ‘हरियो वन, नेपाल धन’ भन्ने नारा यथार्थपरक भएपनि यसको प्रयोग गरेर मुलुकलाई समृद्ध बनाउन नसकिएकोमा चिन्ता व्यक्त गर्नु भयो ।

अध्यक्ष तिमिल्सिनाले संघीय लोकतान्त्रिक गणतन्त्रको सफल प्रयोग स्वरुप दोस्रो पटक स्थानीय तह निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै अव त्यसलाई बचाउँदै देश र जनताको हितका लागि आर्थिक विकास र समृद्धिको दिशामा अघि बढन अति आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘विगतमा हामीले हरियो वन, नेपालको धन भन्ने गरेका थियौं । आज त्यो हराएर लोप भईराखेको छ । जंगल त बढ्या छ । तर त्यो धनमा परिणत हुन सक्यो वा सकेन ? मार्गचित्रमा ती विषयहरु समेटिएका होलान । हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी नयाँ संविधान ल्याउन सफल भयौं । यसको उपयोगको रुपमा दोस्रो तहको स्थानीय तहको निर्वाचन भयो । अव प्रतिनिधिसभाको निर्वाचन हुनेवाला छ । प्रदेशको चुनाव हुनेवाला छ । यो हिसावले उपलब्धि छ । तर योसँगसँगै हिजोको हाम्रो हरियो वन, नेपालको धन कि त उद्योगमा परिणत भएको भन्न सक्नु पर्दथ्यो । त्यता पनि गएनौं ।

कृषिको सट्टा पर्यटन हुनुपर्दथ्यो । त्यो पनि भएन । त्यसकारण अव यो उपलब्धिलाई बचाउने हो भने देश र जनतालाई साथमा लिएर अघि बढने हो भने देश र जनताको सुःख र प्रगतिको लागि हो भने विगतका ती हाम्रा नाराहरु होईनन् । यथार्थता हुन । हरियो वन नेपालको धन, कृषि प्रदान, उद्योग प्रदान भएर देशलाई आर्थिक विकास र समृद्धिको दिशामा लानुपर्ने हुन्छ । यस हिसावले यो वन क्षेत्रको विकास गर्नुपर्ने हुन्छ । यसलाई डढेलो लगाउने, जंगलहरु फडानी गर्ने काम गर्नु हुन्न । यो चिन्ताको विषय हो ।’

अध्यक्ष तिमिल्सिनाले नेपालमा वन, जंगल बढेपनि डढेलो र कटान गरेर विनास हुने गरेको भन्दै चिन्ता समेत व्यक्त गर्नु भयो ।