२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशलाई प्रविधियुक्त बनाइन्छ: मुख्यमन्त्री पाण्डे



अ+ अ-

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेशलाई प्रविधिसँग जोड्दै सबै क्षेत्रमा डिजिटलाइजेशन गरिने अभियानमा लागिएको बताउनुभएको छ ।

हेटौँडामा आज आयोजित ‘डिजिटल बागमती’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यन्मत्री पाण्डेले सरकारले ल्याएको नीति तथा कार्यक्रमले प्रदेशलाई डिजिटल बनाउने अभियानलाई समेटेको बताउनुभयो । “अबका बजेटमा पनि डिजिटल बागमतीको विषय समावेश हुन्छ, डिजिटल प्रविधिको विकासबाट समाजमा सकारात्मक परिवर्तन आउनेमा प्रदेश सरकार स्पष्ट छ, त्यसैले प्रदेशलाई प्रविधियुक्त बनाइन्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामाले हेटौँडालाई प्रविधियुक्त बनाउन विद्युत् समस्या रहेको बताउनुभयो । उहाँले प्रविधिको चाहनाबिना परिवर्तन असम्भव रहेकाले भौतिकवादी युगमा प्रविधिसँग जोडिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।