५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ बजारमा जडान भएका २९ सिसी क्यामरा प्रयोगविहीन भएपछि पुनः जडान गरिँदै



अ+ अ-

बलेवा । बागलुङ बजारभित्र सिसी क्यामरा व्यवस्थापन गर्ने काम पुनः सुरुआत हुने भएको छ । बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घ तथा सुरक्षा निकायका संयुक्त सहकार्यमा बजार क्षेत्रमा क्यामरा जडान गर्ने प्रक्रिया अघि बढेको हो ।

बजारको शान्ति सुरक्षालाई मध्यनजर गरी बजारका विभिन्न चोकमा पुनः सिसी क्यामरा जडान गर्ने प्रक्रियाअघि बढेको सङ्घका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुभयो । यसअघि बजारमा जडान भएका २९ सिसी क्यामरा प्रयोगविहीन अवस्थामा छन् ।

आवश्यक मर्मतसम्भारको अभावमा तीन वर्षयता प्रयोगविहीन भएका क्यामरा विस्थापन गरेर नयाँ क्यामरा जडानका लागि नगरपालिकाले रु १५ लाख विनियोजन गरेको छ । सङ्घको रु ८ लाख र बाँकी अपुग रकम व्यवसायीसँगबाट सहयोग सङ्कलन गरेर भए पनि बजार क्षेत्रमा सिसी क्यामरा जडान गर्ने काम सुरु गरिने अध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो । सिसी क्यामरा जडान र यसका लागि आवश्यक पूर्वाधार तयार गर्नका लागि रु ३० लाख लाग्ने अनुमान छ ।

“नवनिर्वाचित मेयरले नपुगेको रकम दिने भन्नुभएको छ, हामीले २०० क्यामरासम्म धान्न सक्ने लागत राख्दैछौँ, उहाँले भन्नुभयो, “नाइट भिजनसमेत दिने क्यामरा जडान गर्नुपर्ने छ, तब मात्रै अपराध र चोरी नियन्त्रणका लागि सहयोगी बन्छ ।” बजारमा नगरप्रमुख बसन्तकुमार श्रेष्ठ सङ्घको अध्यक्ष रहेका बेला सिसी क्यामरा जडान गरिएको थियो । बढ्दो सहरीकरणसँगै समाजमा अपराध तथा चोरीका घटना बढ्दै गएको समयमा नगरलाई सुरक्षित बनाउन बजारका विभिन्न चोकमा ८५ क्यामरा जडान गर्ने योजना रहेको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयमा कन्ट्रोल रुम राखेर निगरानी गरिने छ ।

नेपाल विद्युत् प्राधिकरणले विद्युत्का पोल स्थानान्त्रण गर्ने क्रममा बिग्रिएका र निकालिएका क्यामरा पुनः जडान हुन नसक्दा बजारमा हुने आपराधिक घटनाको अनुसन्धानमा समस्या हुँदै आएको थियो । सिसी क्यामराले बजार क्षेत्रमा हुने चोरी र अपराधका घटना अनुसन्धानमा सहयोगी बन्ने प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले बताउनुभयो । बजार क्षेत्र विस्तार भइरहेको बागलुङ –४ को उपल्लाचौर र पाखाथरमा समेत मुख्य चोकमा क्यामरा जडान गर्ने योजना छ ।

यसका लागि काम सुरु गर्न सङ्घले यहाँका केबल टिभी व्यवसायीसँग संवाद भइरहेको जनाएको छ । सबै पक्षको सहयोग र समन्वयमा सिसी क्यामरा जडानको काम हुने नगरप्रमुख श्रेष्ठ बताउँछन् । बजारलाई सुरक्षित बजार बनाउनका लागि सिसी क्यामरा तत्काल आवश्यक रहेको यहाँका सुनचाँदी व्यवसायी अनिश खातीले बताउनुभयो ।




भर्खरै