५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतगणना चलिरहेको बेला बालेन ओली निवास पुगेका थिए !



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चलिरहेका बेला मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साह एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेर भेटेको कुरा बाहिरिएको छ ।

उच्च स्रोतका अनुसार बालेनले शुक्रबार साँझ ओलीलाई भेट गरेका हुन् । भेटमा बालेन ओलीबाट प्रभावित भएको र ओलीले पनि आफ्नो भिजनअनुसार काम गर्न आग्रह गरेको स्रोतले बतायो ।

यो भेटको विवरण अहिलेसम्म दुवै पक्षबाट गोप्य राखिएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक तस्विरमा बालेनलाई एमाले अध्यक्ष ओलीले आफ्नै निवास बालकोटमा स्वागत गर्दै गरेको देखिन्छ ।

काठमाडौँ महानगरपालिकामा ठूला राजनीतिक दलहरुलाई पछिपार्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजय भई कार्यभार ग्रहण गरिसकेका छन् ।

बालेनले सोमबार जंङ्गीअड्डा पुगेर प्रधानसेनापतिसँग समेत भेट गरेका थिए ।