२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतगणना चलिरहेको बेला बालेन ओली निवास पुगेका थिए !



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चलिरहेका बेला मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साह एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेर भेटेको कुरा बाहिरिएको छ ।

उच्च स्रोतका अनुसार बालेनले शुक्रबार साँझ ओलीलाई भेट गरेका हुन् । भेटमा बालेन ओलीबाट प्रभावित भएको र ओलीले पनि आफ्नो भिजनअनुसार काम गर्न आग्रह गरेको स्रोतले बतायो ।

यो भेटको विवरण अहिलेसम्म दुवै पक्षबाट गोप्य राखिएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक तस्विरमा बालेनलाई एमाले अध्यक्ष ओलीले आफ्नै निवास बालकोटमा स्वागत गर्दै गरेको देखिन्छ ।

काठमाडौँ महानगरपालिकामा ठूला राजनीतिक दलहरुलाई पछिपार्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजय भई कार्यभार ग्रहण गरिसकेका छन् ।

बालेनले सोमबार जंङ्गीअड्डा पुगेर प्रधानसेनापतिसँग समेत भेट गरेका थिए ।