२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोग लाग्नै नदिन चाल्नु पर्ने कदमबारे चासो नदिन के गर्ने ?



अ+ अ-

अरुणा उप्रेती । शहरी क्षेत्रका प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकामा अधिक वजन र मोटापनाका कारकहरू सम्बन्धी नेपालमा गरिएको एक अध्ययनले ५७५ विद्यार्थीमध्ये १०७ मा बढी तौल र ४१ जनामा मोटोपनाको समस्या भएको देखाएको हो । 

सरकारले उपचार खर्च अभावमा नागरिकले मृत्युवरण गर्नु नपरोस् भनेर मुटुरोग, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर जस्ता गम्भीर प्रकृतिका रोगहरूको निःशुल्क उपचार गर्न सक्ने, कतिपय प्रदेश सरकारले क्यान्सर रोग लागेका विपन्न बिरामीलाई उपचारमा सहुलियत दिने लोकप्रिय नीति बनाउने गरेका छन्। तर, रोग लागेकालाई उपचारको व्यवस्था गर्ने सरकारले रोग लाग्नै नदिन चाल्नुपर्ने कदमबारे भने चासो दिएको पाइँदैन। 

वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार, सन् २००८ देखि एक दशकमा नेपालमा रु. एक खर्ब २९ अर्बको ठोस पत्रुु खाना आयात भएको रहेछ। अहिले आएको एक खर्बको पत्रु खानाले स्वास्थ्यमा हुने क्षतिका कारण भविष्यमा दश खर्बको नोक्सानी पुुर्‍याउनेछ। 

पत्रु खानाको वर्चस्व कस्तो छ भने, यसलाई विशिष्ट र आकर्षक परिकार मान्दै महत्त्वपूर्ण जमघटहरूमा छुटाइँदैन। अरूको के कुरा, विभिन्न मन्त्रालयका बैठकहरूमा खाजा राख्दा केक, कुकिज, सेतो पाउरोटी, बट्टाको जुस राख्छन्। त्यस्ता बैठकमा सहभागी हुँदा म त्यस्तो खाजा बहिष्कार गर्छु। तर, सरकारी कर्मचारी, मन्त्रीगण, नेता स्वादको भुलभुलैयामा लागेर आफू र अरूलाई रोगी बनाउन उद्यत छन्। 

समाजका यी ‘ठूलाबडा’ र अभिभावकको खानपान अभ्यास, विज्ञापन बजार आदिकै प्रभावले होला, हाम्रा बालबालिका त्यही सिकेर ‘पत्रु खाना’ को कुलतमा परेका छन्। यसले बालबालिकालाई सानैदेखि दीर्घ रोग हुने जोखिम बढेको छ। बालबालिका दीर्घ रोगले घेरिए परिवार र समाजमा मात्र होइन, देश विकासमै समस्या पर्छ। त्यसैले स्वास्थ्य क्षेत्रमा छुट्याउने बजेट ‘रोग नलागोस्’ भनेर रोकथामका कार्यक्रममा पनि खर्च गरिनुपर्छ। 

पत्रु खानाको नियन्त्रणले बालबालिका जन्मदेखि नै समस्या लिएर जन्मिने सम्भावना कम हुन्छ। किनभने, मोटोपन भएकी कुनै युवती विवाह गरेपछि पनि पत्रु खानाको लतमा परेर जब मधुमेहको शिकार बन्छिन्, उनी गर्भवती छँदा भ्रूणलाई समस्या परेर जन्मजात नै मधुमेह भएको बच्चा जन्मिन सक्छ।

रोग न्यूनीकरण गर्न पत्रु खाना नियन्त्रण गर्ने गरी घरेलु पौष्टिक खानेकुराको प्रवर्द्धन गर्ने, पत्रु खानाको विज्ञापन सकेसम्म घटाउने, गलत विज्ञापन गर्न रोक लगाउने जस्ता कार्यक्रम कहिले शुरू गर्ने ?