२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति शर्मा लेबनान, सिरिया हुँदै अमेरिका जानुहुँदै



अ+ अ-

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले आगामी असार ४ गते लेबनान र सिरियाको भ्रमण गर्नुहुने भएको छ ।

नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रधानसेनापति शर्माले संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेबनानस्थित युनिफिल मिसन र सिरियास्थित युएनडोफ मिसनको निरीक्षण भ्रमण गर्नुहुनेछ ।

भ्रमणका क्रममा उहाँलगायतका भ्रमण टोलीले उक्त मिशनहरुको वस्तुस्थित, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्थालगायत अन्य विविध पक्षहरुका बारेमा जानकारी लिँदै र उक्त राष्ट्र तथा शान्ति मिशनका उच्चपदस्थ अधिकारीहरुसँग भेटघाट गर्नेछ ।

यस प्रकारको निरीक्षण भ्रमणबाट द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथ फौजको हौसला अभिवृद्धि हुनुका साथै उच्चपदस्थ अधिकारीहरुसँगको भेटघाटबाट द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्ध थप वृद्धि हुने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा उल्लेख छ ।

सो निरीक्षण भ्रमणपश्चात प्रधान सेनापति शर्माले मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा मिति असार १३ गतेदेखि असार १७ गतेसम्म संयुक्त राज्य अमेरिकाको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

उच्चस्तरीय सैनिक नेतृत्वबाट नियमितरुपमा हुने गरेको यस प्रकारको भ्रमण, विगत लामो समयदेखि स्थापित नेपाली सेना र अमेरिकी सेनालगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्विपक्षीय सहयोग तथा सहकार्यको क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण सावित हुने विश्वास नेपाली सेनाले लिएको छ ।