५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी आर्थिक वर्षको बजेट सन्तोषजनक – मेटमणि चौधरी



अ+ अ-

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तोषजनक रहेको टिप्पणी गर्नु भएको छ ।

सांसद चौंधरीले बजेटले नेपाली समाजको सबै क्षेत्रलाई समेटेर ल्याएकाले यो धेरै महत्वपूर्ण रहेको दावी समेत गर्नु भयो । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले बजेट सरकारको नीति तथा कार्यक्रम अनुसार नै आएको पनि बताउनु भयो । सांसद चौंधरीले भन्नु भयो, ‘बजेट सन्तोषजनक छ । नेपाली समाजको कम्पोजिशनलाई हेरेर बजेट ल्याएकाले म माननीय अर्थमन्त्रीलाई धन्यवाद दिन चाहन्छु । बजेट सरकारको नीति तथा कार्यक्रम अनुसार नै अघि बढेको छ । र, समग्रमा बजेटले उत्पादनमा, स्थिरता र समावेशितामा जोड दिएको मैले अनुभूति गरेको छु । त्यसैले पनि यो बजेट धेरै महत्वपूर्ण छ । त्यसैगरी बजेटले कृषि क्षेत्रको रुपान्तरण गर्ने कुरालाई धेरै प्राथमिकतामा राखेको छ । र, सरकारी र निजी क्षेत्रको सहकार्यमा उत्पादन गर्ने कुरा समावेश गरिएको छ ।

रोजगारी सृजना र गरिवी निवारणको कुरालाई पनि बजेटमा धेरै महत्वका साथ उठाइएको छ । यतिमात्रै नभई मानव संशाधनको विकास गर्ने कुरा, पूर्वाधार विकास र पूँजी निर्माण गर्ने कुरा, जलविद्युत उत्पादन, प्रशारण लाईनको विस्तार र ग्रामिण विद्युतीकरणमा जोड दिने कुरा बजेटमा उल्लेख गरिएको छ । बजेटले नेपाली समाजको सबै क्षेत्रलाई समेटेको छ ।’

सांसद चौधरीले बजेटमा पूर्वाधार विकास र पूँजी निर्माण गरेर मुलुकलाई समृद्ध बनाउने कुरा पनि समावेश गरिएको बताउनु भयो ।