१९ मंसिर २०८२, शुक्रबार
,
Latest
लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वराज पोखरेलको मुद्दाको सुनुवाई सर्यो,अर्को सुनुवाई अन्योल



अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिमा वरिष्ठता मिचेर आफूमाथि अन्याय भएको भन्दै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले आलटाल गरेको छ ।

पोखरेलको मुद्दालाई लम्ब्याएर उनलाई घर पठाउने सार्वजनिक चर्चालाई पुष्टि हुने गरी सर्वोच्चले उनको मुद्दालाई लम्ब्याउने गरी मंगलबार सुनुवाइ गरेको छ ।

पोखरलको मुद्दाको पूर्ण सुनुवाइका लागि पेशी तोकिएको भए पनि त्यसअघि पूर्वडीआईजीहरु ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र घनश्याम अर्यालको मुद्दाको पेशी चढेको थियो ।

न्यायाधीश विश्वम्भर श्रेष्ठ र कुमार चुँडालको इजलासले गत वैशाख १९ गते अवकाश भइसकेका तत्कालीन ती डीआईजीहरुको मुद्दाको सुनुवाइ गर्दै एआईजी पोखरेलको मुद्दासँगै एकैपटक राखेर हेर्ने आदेश दिएपछि उनको मुद्दा लम्बिने भएको हो ।

आइजीपी नियुक्त गर्दा वरिष्ठता मिचेर आफूलाई अपूरणीय क्षति भएको भन्दै एआईजी पोखरेलले रिट दायर गरेका थिए । पोखरेल आगामी साउनमा अवकाश हुँदैछन् ।