९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक विपद् कोषलाई दिने

गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक विपद् कोषलाई दिने
अ अ+ अ-

दमौली । तनहुँको म्याग्दे गाउँपालिकाका जनप्रतिनिधिले विपद् व्यवस्थापन कोष स्थापनाका लागि प्रत्येक वर्ष एक महिनाको पारिश्रमिक प्रदान गर्ने निर्णय गरेका छन् ।

उक्त कोषको रकम विपद्को बेला हुनसक्ने क्षति न्यूनीकरणका लागि प्रयोग गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

गाउँपालिकाले सामुदायिक विद्यालयका ‘एक शिक्षकः एक ल्यापटप’ पाँच वर्षभित्र कार्यान्वयन गर्ने, नयाँ आवधिक योजना, पर्यटन, सडक गुरुयोजना, कानुन निर्माण, गरिब विपन्न जेहेन्दार तथा लक्षित विद्यार्थीलाई छात्रवृत्ति कोष स्थापना गर्ने, अति गरिब विपन्न आवास निर्माण गर्ने, सबै लिफ्टिङ खानेपानीको विद्युत् महसुल गाउँपालिकाले तिरिदिने निर्णय समेत गरेको छ ।

गाउँपालिकाले गरिबी, बेरोजगारी, विदेश पलायन र बसाइँसराइ नियन्त्रणका लागि एक घरः एक व्यवसाय कार्यक्रम सञ्चालन गर्ने, अधुरा तथा क्रमागत योजनासहित अपूरा रहेका ल्याण्डफिल्ड साइड, औद्योगिक ग्राम, खेलमैदान निर्माण सञ्चालन गर्ने, थर्पु दश शय्या अस्पतालमा एमबिबीएस चिकित्सकसहित प्रभावकारी उपचार थालनी गर्ने, अध्यक्ष र उपाध्यक्षसँग जनता कार्यक्रम मासिकरूपमा वडामा सञ्चालन गर्ने, युवा दुव्र्यसनी युवालाई सेवन गर्न छाडेको पारिवारिक घोषणाका आधारमा पोषण अनुदान दिने निर्णय गरेको छ ।

यस्तै जटिल प्रकृतिका अपाङ्गता भएका व्यक्ति र कडा मानसिक रोगीलाई वार्षिक १५ हजार आर्थिक सहायता प्रदान गर्ने भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाका ६ वटै वडाका जटिल अपाङ्गता भएका व्यक्ति र मानसिक रोगीलाई उक्त सहायता प्रदान गर्ने निर्णय भएको हो ।

गाउँपालिकाले ज्येष्ठ नागरिक र पूर्ण अपाङ्ग तथा कडा मानसिक रोगीलाई टोल–टोलमै पुगेर स्वास्थ्योपचार गर्ने निर्णय गरेको छ । महिनामा एकपटक विकट बस्तीमा आँखा शिविर, स्वास्थ्य, घुम्ती सेवा प्रदान गर्ने निर्णय गरिएको छ । त्यस्तै सुत्केरी, पूर्ण अपाङ्ग, जटिल मानसिक रोगी र अशक्त ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय भएको छ ।

गाउँपालिकाले स्मार्ट तथा नगरोन्मुख गाउँपालिका निर्माण गर्ने, कार्यालयमा नै बैंक खाता खोल्ने, वातावरणमैत्री, बालमैत्री, अपाङ्गतामैत्री, महिलामैत्री स्थानीय शासन कार्यान्वयन गर्ने, ठूला पूर्वाधार तथा बहुवर्षीय दीर्घकालीन गौरवका योजना सञ्चालन गर्ने निर्णय गरेको छ । हाल भइरहेको चालु खर्चमा १० प्रतिशतले कटौती गरी पूँजीगत बजेट वृद्धि गर्ने, फोहरमैला सङ्कलन तथा व्यवस्थापन र टिपर प्रयोग गर्ने, लागत साझेदारीमा भित्री सडक कालोपत्र गर्ने, गाउँपालिकाको दोहोरो प्रवेश विन्दुमा प्रवेशद्वार निर्माण गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।