९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

बजेट कार्यान्वयनको सन्दर्भमा चिन्तित छु – माधवकुमार नेपाल

बजेट कार्यान्वयनको सन्दर्भमा चिन्तित छु – माधवकुमार नेपाल
अ अ+ अ-

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनको सन्दर्भमा चिन्ता रहेको बताउनुभएको छ ।

सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आर्थिक वर्ष २०७९÷८० को बजेटमा धेरै कुराहरु राम्रो भएको भएपनि कार्यान्वयनको पक्ष फितलो हुनेमा चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले बजेटमा उल्लेखित योजनालाई विद्यमान संरचनाले नधान्ने हो कि भन्ने चिन्ता रहेको उल्लेख गर्नुभयो । उहाँले विगतदेखि नै कार्यान्वयनको समस्या हुने गरेको भन्दै लेखिएको कुरा कागजमा मात्रै सिमित नगरी व्यवहारमा लागु हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘आम रुपमा राम्रो पक्ष के छ भन्दाखेरी विभिन्न कृषि पद्धार्थहरुको उत्पादनमा जोड दिने कुराहरु गरिएको छ । हामीकहाँ कस्तो छ भने कुराहरु धेरै राम्रा हुन्छन् । योजनाहरु बडो राम्रो देखिन्छ । तर कार्यान्वयनको पक्ष बडो फितलो छ । अब योजनाको पाटोमा कुरा गर्दाखेरी हाम्रो संरचनाले त्यसलाई साथ दिन्छ कि दिदैन ? संरचनाहरु चुस्त, दुरुस्त छन् कि छैनन् ? लेखिएको कुरा मात्रै कागजमा सिमित हुने हो कि व्यवहारमा लागु हुने हो ? भन्ने पक्षमा हाम्रो बढ्ता चिन्ता छ । कार्यान्वयनको समस्या नै अहिलेसम्म एउटा महत्वपूर्ण समस्याको रुपमा रहेको छ ।

कतिपय कार्यक्रमहरु राम्रो देखिएको भएतापनि तर हामीकहाँ कार्यान्वयन गर्ने कुराको सन्दर्भमा क्वालिटीको काम भयो कि भएन र हामीले तोकेको रकम या हामीले तय गर्न खोजेको परियोजना लगानी र त्यसले दिने प्रतिफल यो दुवै कुरालाई बिचार गरेर तय गरिएको छ कि छैन ? हामी हजारौँ परियोजना अघि सार्छौ एकैचोटी । सक्दै नसक्ने, भ्याउँदै नभ्याउने, सम्भव नै नहुने थुप्रै परियोजनाहरु अगाडी सार्छौ र सबैमा कनिका छरेजस्तै बजेट पनि छर्ने गरेका छौँ । यसले गर्दाखेरी ठोस रुपमा भएको काम जुन देखिनुपर्ने हो त्यो काम गौरव गर्नुपर्ने हो, त्यो काम देखिदैन ।’

संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बैठकले बजेटको कमिकमजोरीहरुलाई हटाएर अझ समृद्ध बनाएर लागु गर्नु राम्रो हुने निष्कर्ष निकालेको बताउनुभयो । उहाँले भन्नुभयो –‘यो बैठकमा हामीले बजेटको बारेमा छलफल ग¥यौँ । बजेट कस्तो आयो भनेर । बजेटमा कतिपय राम्रा कुराहरु आएका छन् । तर अझै हामी समाजवादको लक्ष्यतर्फ जाने हिसाबले अझै कयौँ कुराहरुमा कमिकमजोरीहरु पनि छन् । ति कमिकमजोरीलाई हटाएर यो बजेटलाई अझै समृद्ध बनाएर लागु ग¥यो भने राम्रो हुन्छ भन्ने निष्कर्ष त्यस्तै आइराखेको छ ।’

बैठकमा अध्यक्ष नेपालले बजेटको बुँदाहरु राम्रोसँग अध्ययन गरेर संसदमा प्रस्तुत हुन सांसदहरुलाई आग्रह गर्नुभयो ।