२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति शर्माको विदेश भ्रमण स्वीकृत



अ+ अ-

काठमाडौँ । सरकारले प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई युएनआइएफआइएलएल, लेबनान र युएनडिओएफ, सिरिया तथा मित्रराष्ट्र संयुक्तराज्य अमेरिका भ्रमणमा जान स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिनुभयो ।

यसैगरी मन्त्रिपरिषद्को बैठकले बेल्जियमको राजधानी ब्रसेल्समा यही जेठ १८ देखि १९ गतेसम्म आयोजना हुने ‘ग्लोबल समिट २०२२ टर्निङ द टाइड अन चाइल्ड सेक्सुअल अबुउज अनलाइन’ कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल बैंक लिमिटेडको स्वामित्वमा सुर्खेतमा रहेको जग्गा नेपाल राष्ट्र बैंकलाई लिजमा दिन स्वीकृति दिने, गणतन्त्र दिवस, २०७९ का अवसरमा उपमाकान्त पराजुलीसमेत १६ व्यक्तिको सजाय माफी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा प्रकाशबहादुर श्रेष्ठलाई मनोनयन गर्ने, सुरक्षण मुद्रण विकास समिति (गठन) (तेस्रो संशोधन) आदेश, २०७९ को दफा ६ को उपदफा ९३० बमोजिम सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलको पदावधि एकपटकका लागि थप गर्ने निर्णयसमेत गरेको छ ।

सरकारले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा पदाधिकारी रहेका जनसङ्ख्या प्रमुख कन्सलटेन्ट अब्स्ट्रेटिक्स एण्ड गाइनोकोलोजिष्ट डा जागेश्वर शर्मा गौतमले दिनुभएको राजीनामा स्वीकृत गर्नुका साथै लोक सेवा आयोगको सिफारिसबमोजिम निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

यसैगरी मन्त्रिपरिषद् बैठकले बजेट तथा अर्थसम्बन्धी विधेयक सङ्घीय संसद्मा पेश गर्ने, मूल्य अभिवृद्धि कर (चौबिसौँ संशोधन) नियमावली, २०७९ अन्तःशुल्क (तेइसौँ संशोधन) नियमावली, २०७९ः भन्सार (तेह्राँै संशोधन) नियमावली, २०७९ र आयकर (तेहौँ संशोधन) नियमावली, २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।