९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

संस्थागत विद्यालय शिक्षक युनियनको छैठौं महाधिवेशन, थापाको नेतृत्वमा ४९ सदस्यीय कार्यसमिति गठन

संस्थागत विद्यालय शिक्षक युनियनको छैठौं महाधिवेशन, थापाको नेतृत्वमा ४९ सदस्यीय कार्यसमिति गठन
अ अ+ अ-

काठमाडौं, १६ जेठ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)को गत जेठ १४ र १५ गते छैठौं महाधिवेशन सम्पन्न भएको छ । रिपोर्टर्स क्लब नेपालमा सोमबार पत्रकार सम्मेलन गर्दै होमकुमार थापाको अध्यक्षतामा ४९ सदस्यीय कार्य समिति गठन भएको जानकारी दिइएको हो ।

महाधिवेशनबाट सहअध्यक्षमा मोतीराम फुयाँल, वरिष्ठ उपाध्यक्षमा केशबकुमार पाठक र देवीदत्त पौडेल, उपाध्यक्षहरुमा नारायण पौडेल, अञ्जु गौतम, रोहिणी प्रसाद पराजुली, धर्मराज भट्ट, उमेश सापकोटा, सरिता निरौला, दीपक गौतम र सुधिर कु झा निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा भोलनाथ चालिसे , उपमहासचिवमा मनोज खनाल, अर्थ उपमहासचिवमा इन्दिरा धमला र सचिवमा राम थुलुङ, यादव अधिकारी र जनकराज घिमिरे निर्वाचित भएका छन् । र महिला सचिव भने मनोनित गर्न बाँकी छ ।

इस्टुले नेपाल सरकारले दिएको हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा अनिवार्य रुपमा मान्नु पर्ने निर्णय गरेको छ। त्यस्तै, सस्थागत विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरुलाई सरकारले तोकेको तलब, सबै खाले बिदा र सबै सुबिधा अनिवार्य प्रदान गर्न स्थानीय तहहरुलाई आग्रह गर्ने समेत जनाएको छ।
कोभिड लकडाउनका कारणले रोकिएको शिक्षकहरुको पारिश्रमिक तुरुन्त प्रदान गर्न, शिक्षकहरुको वृत्ति विकासको लागि तालिमको ब्यवस्था गर्न, नेपाल शिक्षक महासंघले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग २०७७ फाल्गुन ९ गते गरेको सम्झौता अक्षरस पालना गर्न समेत माग गरेको इस्टुले जारी गरेको घोषणा पत्रमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित अध्यक्ष होमकुमार थापाले छैठौं गत जेठ १४ र १५ गते भएको महाधिवेशनले ४९ सदस्यिय कार्यसमिति ३ वर्षका लागि चयन गरेको जानकारी दिए । थापाले महाधिवेशनको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले गरेको बताए । थापाले विधानःत ६१ जनाको कार्यसमिति पुर्याउनु पर्ने भएकोले बाँकी पदहरु मनोनित गर्ने अधिकार अधिवेशनले नयाँ कार्यसमितिलाई दिएको सुनाए । ३३ प्रतिशत महिला र ५ प्रतिशत कर्मचारी अनिवार्य हुनुपर्ने विधानमा उल्लेखित भए अनुसार कार्यसमिति बनाइने उनको भनाई थियो । अध्यक्ष थापाले घोषणा पत्र वाचन गरेर सुनाएका थिए ।

त्यस्तै, इजुकेशन इन्टरनेशनलका बोर्ड सदस्य मुकुन्द गौतमले देशभरका गाउँ र नगरपालिकामा पनि आफ्नो संस्थाले संगठन विस्तार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । इस्टुले प्रत्येक गाउँ, नगरपालिकामा शिक्षकहरुको मुद्दा उठान गर्ने प्रतिवद्धता जाहेर गरे । विश्वभरका ३ करोड शिक्षकहरु संस्थागत बिद्यालय शिक्षक युनियन (इस्टु)माआवद्ध भएको जिकिर गरे । शिक्षक तथा कर्मचारीहरुको न्युनतम सेवा सुविधालाई नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरुलाई सम्बोधन नभएका स्थानमा गरिदिन समेत उनले आग्रह गरे । महासचिव भोलानाथ चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए ।