२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिको निर्देशन: निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य शीघ्र अघि बढाउ



अ+ अ-

काठमाडौँ । बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई शीघ्र अगाडि बढाउन प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकले सो विमानस्थल निर्माणमा देखिएका कानूनी र अन्य बाधाहरु हटाई निर्माण कार्य अगाडि बढाउन निर्देशन दिएको हो ।

यद्यपि सर्वोच्च अदालतले यही जेठ १२ गते निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगराउन फैसला गरेको छ । समितिले सर्वोच्चको फैसलाको आलोचना गर्दै तत्काल कार्य अघि बढाउन निर्देशन दिएको हो ।

नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउने भएकाले सो विमानस्थल निर्माण गर्नुपर्ने समितिका सभापति पवित्रा निरौला खरेलले बताइन् । उनले भनिन्, “राष्ट्रिय हितअनुकूल अर्थतन्त्रलाई सुदृढ तुल्याउने उद्देश्यका साथ लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य रोक्नुपर्ने भन्ने निर्णय कुनै दृष्टिकोणबाट उचित देखिँदैन ।”

उनका अनुसार बाह्य र आन्तरिक ऋणको बोझ बोकेर कठिन अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रयोजनका लागि भइसकेको अर्बौं रूपैयाँलाई निरर्थक तुल्याउँदा अझ धेरै धक्का लाग्छ ।

“अन्तर्राष्ट्रिय हित, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यलाई शीघ्र अघि बढाउन आवश्यक कानूनी, प्रशासनिक र व्यावहारिक कार्य गर्नू”, समितिले सरकारलाई दिएको निर्देशनमा भनिएको छ ।




भर्खरै