४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

देशकै कान्छो जिल्ला नवलपुरको बजेटमा सुरुङमार्गदेखि ट्रमा सेन्टरसम्म

देशकै कान्छो जिल्ला नवलपुरको बजेटमा सुरुङमार्गदेखि ट्रमा सेन्टरसम्म
अ+ अ-

नवलपुर । सरकारले आगामी वर्षको बजेटमार्फत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सुरुङमार्ग निर्माणदेखि ट्रमा सेन्टर स्थापनासम्मका लागि बजेट व्यवस्था गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष २०७९/८० का लागि अनुमानित आयव्यय विवरण प्रस्तुत गर्दै नवलपुरमा सुरुङमार्ग निर्माणदेखि ट्रमा सेन्टर स्थापनासम्मका विभिन्न योजना प्रस्तुत गर्नुभएको हो ।

पूर्व–पश्चिम राजमार्ग विस्तारका क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कीबासबाट नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को बर्दघाटसम्म सुरुङ मार्गका लागि अध्ययन गरिने कुरा बजेटमा उल्लेख छ । दुम्कीबास–बर्दघाटसहित अन्य राजमार्गको सुरुङ मार्ग विस्तारका लागि रु एक अर्ब १९ करोड बजेट विनियोजन गरिएको छ ।

त्यस्तै उत्तर दक्षिण राजमार्गअन्तर्गत निर्माणाधीन कालीगण्डकी कोरिडोर, कर्णाली कोरिडोर र कोसी कोरिडोरका लागि जम्मा रु चार अर्ब ६९ करोड विनियोजन गरिएको छ । कालीगण्डकी करिडोरले भारत र चीनलाई छोएको छ । यो करिडोर नवलपुरको त्रिवेणीधामदेखि पाल्पा, बागलुङहुँदै चीनको कोरला नाकामसम्म पुग्दछ ।

पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइने र आगामी वर्ष नारायणघाट–बुटवलखण्ड विस्तार गरिने भएको छ ।

अहिले यो खण्ड विस्तारको काम करिब १६ प्रतिशत मात्रै पूरा भएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्नका लागि नारायणी नदीमा बहुउपयोगी सिग्नेचर पुल निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने पनि बजेटमा उल्लेख गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकासहित कैलालीको लम्की, कर्णाली कोरिडरको राकम र धादिङको बेल्खुमा ट्रमा सेन्टर स्थापना गरिने भएको छ । त्यसैगरी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका, चितवनको कठार र महोत्तरीको मटिहानीमा स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा अत्याधुनिक रिक्रियसन सेन्टर स्थापना गरिने भएको छ ।

देशकै कान्छो जिल्लाको रुपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को सरकारी सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन एकीकृत रूपमा सरकारी कार्यालय भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।