४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बजेटले निजी क्षेत्र उत्साहित, कार्यान्वयन पक्षमा भने चुनौती

बजेटले निजी क्षेत्र उत्साहित, कार्यान्वयन पक्षमा भने चुनौती
अ+ अ-

–नारायण अधिकारी
चितवन । सरकारले आइतबार ल्याएको बजेटले निजी क्षेत्र उत्साहित भएको छ । ठूलो आकारको बजेट भएकाले कार्यान्वयन पक्ष भने चुनौतीपूर्ण रहेको बताइएको छ । देशकै मध्यभागमा रहेको चितवनका उद्योगी व्यवसायी बजेट निजी क्षेत्रमैत्री भएको बताउँछन् । उद्योग वाणिज्य सङ्घका जिल्लाअध्यक्ष चुननारायण श्रेष्ठ बजेटमा उद्योगका धेरै कुरा समेटिएको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “आकार ठूलो हुँदा कार्यान्वयनमा समस्या हुन्छ कि भन्नेमा हामीहरुमा चिन्ता छ ।” बजेटले चितवनको भौतिक निर्माणका विषयलाई सम्बोधन गरेको भन्दै अध्यक्ष श्रेष्ठ छिमेकी सहरको केन्द्रका रुपमा यसलाई विकास गर्न खोज्नु सकारात्मक रहेको बताउनुहुन्छ । कोभिडबाट असर परेका क्षेत्रलाई राहतको प्याकेज ल्याएको चर्चा गर्दै उहाँ भन्नुहुन्छ , “समग्रमा बजेटले निजी क्षेत्रलाई उत्साहित बनाएको छ ।”

उद्योग सङ्घका पूर्वअध्यक्ष राजु पौडेल बजेट सकारात्मक गरेको बताउनुहुन्छ । शक्तिखोरमा लामो समयदेखि प्रक्रियामा रहेको औद्योगिक क्षेत्रलाई सार्वजनिक निजी साझेदारी बनाउने विषय निकै महत्वपूर्ण भएको उहाँको भनाइ छ । सरकारी प्रक्रियाका कारण ढिलो भएको र अब यसले गति लिने उल्लेख गर्दै पूर्वअध्यक्ष पौडेल भन्नुहुन्छ, “बजेटले समाजवाद उन्मुख हुने प्रयत्न गरेको छ ।” पचास बिघासम्मको जमिनलाई हदबन्दी नलाग्ने, निर्यातमा सहुलियत बढाउने, उद्योग र व्यापारमा व्याजदर फरक, किसान पेन्सन, कृषकलाई रु पाँच अर्बको लघुबित्तमार्फत ऋण जस्ता कार्यक्रम महत्वपूर्ण रहेको छ ।’’

पर्यटन व्यवसायीले पनि बजेटलाई सकारात्मक भनेका छन् । कोभिडका कारण थला परेको व्यवसाय उकास्न बजेट सहयोगी हुने उनीहरुको बुझाइ छ । क्षेत्रीय होटल सङ्घका जिल्लाअध्यक्ष दीपक भट्टराई समग्रमा बजेट स्वागत योग्य रहेको बताउनुहुन्छ । पर्यटन क्षेत्रमा नयाँ कुरा नआए पनि पुराना महत्वपूर्ण पक्षलाई समाबेस गरिएको भन्दै उहाँ भौतिक पूर्वाधारमार्फत सहजरुपमा सहरलाई जोड्नु पर्यटन क्षेत्रका लागि सकारात्मक भएको उल्लेख गर्नुहुन्छ । अध्यक्ष भटृराई भन्नुहुन्छ, “कार्यान्वयन पक्ष राम्रो भयो भने बजेट सकारात्मक छ ।”

पोल्ट्री क्षेत्रमा भने बजेटले सम्बोधन गर्न नसकेको सम्बद्ध व्यवसायीको गुनासो छ । नेपाल दाना उद्योग सङ्घ केन्द्रीय समितिका पूर्वध्यक्ष डा तिलचन्द्र भट्टराईले पोल्ट्री क्षेत्रलाई बजेटले सम्बोधन गर्न नसकेको बताउनुभएको हो । विगत तीन वर्षदेखि भटमासमा लाग्दै आएको नौ प्रतिशत र मकैमा पाँच प्रतिशत भन्सार शुल्क घट्नुपर्ने माग व्यवसायीको छ । शतप्रतिशत भटमास र ७० प्रतिशत मकै बाहिरबाटै आउँछ । पूर्व अध्यक्ष भट्टराई कोभिड र बर्डफ्लुका कारण थलिएकोे पोल्ट्री क्षेत्रलाई बजेटमा सम्बोधन गर्नुपर्नेमा त्यसो नहुँदा व्यवसायी विस्थापित हुनेसक्ने गुनासो गर्नुुहुन्छ ।

अन्य क्षेत्रलाई सम्बोधन गरिए पनि पोल्ट्री क्षेत्रलाई प्रत्यक्ष छुन नसकेको भन्दै उहाँ उद्योगलाई दिइने सुविधाबाट भने केही हदसम्म लाभ लिन सक्नेमा आशावादी हुनुहुन्छ । पचास बिघासम्मका जग्गालाई उद्योगमा हदबन्दी नलाग्ने निर्णयले उद्योगी लाभान्वित हुने देखिएको छ ।केरा व्यवसायी सङ्घका पूर्वजिल्ला अध्यक्ष यज्ञप्रसाद सुवेदी बजेटले कृषि क्षेत्रलाई समेटे पनि कार्यान्वयन पक्ष भने हेर्न बाँकी रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बजेटमा सम्बोधन भए पनि कार्यान्वयन नहुँदा समस्या हुने गरेको छ ।” बजेटमा कृषि क्षेत्रलाई समेटेका कारण यहाँका कृषक बजेटप्रति सकारात्मक छन् । यद्यपि कार्यान्वयन पक्ष कस्तो हुन्छ भन्नेबारेमा ढुक्क हुन नसकेको बताएका छन् ।

कृषि क्षेत्रमा काम गर्दै आउनुभएका उद्योग वाणिज्य सङ्घका पूर्व जिल्लाअध्यक्ष राजन गौतम बजेटले आफ्नै उत्पादन आफ्नै उपभोग भन्दै आत्मनिर्भरतातर्फ जान खोज्नु सकारात्मक छ भन्नुहुन्छ । बजेट ठूलो आकारमा आएकाले कार्यान्वयन पक्ष चुनौती पूर्ण रहेको उहाँको भनाइ छ । विलाशिताका वस्तुको मूल्य बढाएसँगै विकल्पसमेत सोच्नुपर्ने पूर्व अध्यक्ष गौतम बताउनुहुन्छ ।